काठमाडौ । प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवा प्रयोजनका लागि अनुदान रकमको मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ ।
सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले लिखित कारण माग गर्दै विषय वस्तुको प्रकृतिबाट चाँडो किनारा लगाउन आवश्यक देखिएको भनी रिटलाई अग्राधिकारसमेत दिएको हो ।
महिला कानुन तथा विकास मञ्चको तर्फबाट अधिवक्ता सविन श्रेष्ठ, नविन कुमार श्रेष्ठ, पूर्णा श्रेष्ठ, सोनाली रेग्मी, रोशना श्रेष्ठ र दीपेश श्रेष्ठले संयुक्त रुपमा रिट दायर गरेका थिए । अग्राधिकार दिएको रिटलाई मुद्दा सुनुवाइका क्रममा प्राथमिकतामा राखिने मञ्चको निर्देशक समेत रहका अधिवक्ता सविन श्रेष्ठले बताए।
संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएको तथा सरकारले अन्तरराष्ट्रिय महासन्धि तथा प्रतिज्ञापत्र अनुमोदन गरेको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न संसद्बाट सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ पारित भए पनि कार्यन्वयनका लागि अझै नियमावली बनेको छैन । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली निर्माण गर्न, ऐन वमोजिम प्रजनन् स्वास्थ्य समन्वय समिति तत्काल गठन गर्न, किशोरी तथा अपाङ्गमैत्री सेवा सम्बन्धी निर्देशिका बनाउन रिटमा परमादेशको मागसमेत गरिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: