ललितपुर । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजको क्वारेन्टिनमा बस्ने महिलालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले योगाभ्याससँग परामर्श दिन थालेको छ । केन्द्रले योगाभ्याससँगै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न जडीबुटीसहित आयुर्वेद औषधि पनि वितरणसहित परामर्श दिन थालेको हो ।
विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बढेसँगै पछिल्लो समय नेपालका विभिन्न स्थानमा सरकारले क्वारेन्टिन स्थापना गरी शङ्कास्पद मानिसलाई राख्दै आएको छ । जावलाखेलको क्वारेन्टिनमा वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई राखिएको हो ।
केन्द्रका प्रशासन प्रमुख वरिष्ठ कविराज ईश्वरी ढकालले कोभिड–१९ का बारेमा कसरी सावधानी अपनाउने भन्ने बारेमा आवश्यक परामर्श दिने, आयुर्वेदजन्य औषधि तथा जडीबुटीको महत्व दर्शाउने र आत्मबल बढाउनका लागि आवश्यक उपायहरु जानकारी गराइएको बताए । आयुर्वेदले रोग लाग्न नदिनाका साथै दीर्घायु, सुखानुभूति एवं शरीरलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पुर्याउँछ । त्यसैले सरकारले पनि जडीबुटीजन्य वस्तुमा जोड दिन आम सर्वसाधारणलाई आग्रह गर्दै आएको छ । आयुर्वेद औषधिसहित जडीबुटी तथा भिटामिनजन्य पौष्टिक तत्वको सेवनले स्वास्थ्यमा फाइदा पुग्ने चिकित्सकले बताएका छन् ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले क्वारेन्टिन एउटा परीक्षणको सामान्य घडी रहेकाले क्वारेन्टिन भन्ने बित्तिकै आत्तिनुपर्ने अवस्था नरहेको भन्दै आत्मबल दह्रो बनाउनु सुझाव दिए। केन्द्रका आयुर्वेद चिकित्सक तथा कविराजहरुले क्वारेन्टिनमा बस्दा आफन्त, नातागोता, इष्टमित्र एवं आफ्ना साथीहरु खुलेर मोबाइलमा गफ गर्ने, नेटमा आफ्ना कुराहरु शेयर गरेर आनन्द लिने, रमाउने, खेल खेलेर समय कटाउँदै मनोबल बलियो बनाउनुपर्ने सुझाव दिए ।
कोरोनाको सङ्क्रमणबाट बच्न मुख्यतः भौतिक दूरी कायम गर्ने, धेरै भीडभाडमा नजाने, नियमित मास्क लगाउने र सरसफाइमा विशेष ध्यान दिनुपर्छ । योगाभ्यासका क्रममा ललितपुर महानगरपालिका–५ का वडाध्यक्ष विकासमान श्रेष्ठले कोरोना कहरले आम नेपालीलाई एकै ठाउँमा ल्याएर परिचित गराइदिएको भन्दै विषम् परिस्थितिमा नआत्तिन र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आवश्यक उपायहरु अवलम्बन गर्न भने ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनु शाक्यले रोग प्रतिराधात्मक क्षमता वृद्धि गर्न केन्द्रले क्वारेन्टिनमा बसेकालाई अश्वगन्धा चूर्ण, सेतोपलादी चूर्णसहित भिटामिन तथा अन्य पौष्टिक तत्वहरु वितरण गर्ने गरेको जानकारी दिए। उनले आवश्यकताअनुसार योगाभ्यास तथा आत्मबल बढाउनका लागि आवश्यक परामर्श कक्षा दिनसमेत केन्द्र तयार रहेको बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: