काठमाडौँ । सरकारले पिसिआर परीक्षणको दायरा क्रमशः बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला दिनमा पिसिआर परीक्षणको सङ्ख्या बिस्तारै बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न २४ वटा प्रयोगशालामा सात हजार ४१६ वटा नमूना परीक्षण गरिएको कोभिड–१९ को जानकारी दिन आज स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यो अहिलेसम्मकै उच्च हो ।
शुक्रबार जम्मा छ हजार २३१ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो । सरकारले यही असार १५ गतेदेखि दैनिक १० हजार नमूना पिसिआर विधिबाट परीक्षण गर्ने तयारी गरेको छ ।
हालसम्म पिसिआर विधिबाट एक लाख ६९ हजार १६५ नमूनाको परीक्षण गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा चार हजार ४२६ सहित हालसम्म दुई लाख ५२ हजार ३०० जनाको आरडिटी परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए ।
मुलुकभरका क्वारेन्टिनमा एक लाख दुई हजार २४५ जना रहेका छन् । आइसोलेशनमा रहनेको सङ्ख्या सात हजार पाँच छ । पछिल्लो २४ घण्टामा १८ महिला र १५८ पुरुष गरी कूल १७६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १४१ महिला र एक हजार ४३७ पुरुष गरी कूल एक हजार ५७८ पुगेको छ । कोरोनाबाट हालसम्म २२ जनाको मृत्यु भएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: