Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

घरभाडामा ५० प्रतिशत छुट दिन ठमेलका व्यवसायीको माग

\"\"

काठमाडौं । कोभिड–१९ महामारीका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत पर्यटकीय क्षेत्रमा नराम्ररी असर पुगेको भन्दै पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीले घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेका छन् ।

बन्दाबन्दीका कारण तीन महिनादेखि प्रायः ठप्प ठमेल क्षेत्रका व्यवसायीले अहिलेकै अवस्थामा व्यवसायी पलायन हुने अवस्था सिर्जना रहेको भन्दै ५० प्रतिशत भाडा समायोजन गरिदिन ठमेलका घरधनीलाई आग्रह गरेका हुन् ।

आइतबार ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा परिषद्द्वारा गठित कोभिड– १९ पर्यटन व्यवसायी विपद् समन्वय समितिका संयोजक तथा परिषद्का उपाध्यक्ष भविश्वर शर्माको अध्यक्षतामा पर्यटनसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाबीच भएको छलफलले घर भाडाको ५० प्रतिशत छुट दिन र कोभिड महामारी अवधिभर घर भाडा नबढाउन आग्रह गरिएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

बन्दाबन्दी शुरु भएदेखि कम्तीमा एक वर्षसम्म ठमेललगायतका पर्यटकीय क्षेत्रका घर धनी र व्यवसायी दुवै पक्षलाई सहज हुने गरी छुट दिन घर धनीलाई सार्वजनिक आह्वान गरिएको संयोजक शर्माले बताउनुभयो । ठमेललगायत सम्पूर्ण पर्यटकीय क्षेत्रका व्यवसायीले बन्दाबन्दी शुरु भएको मितिदेखि उपयोग गर्दै आएका र कम्तीमा एक वर्षसम्मका लागि विद्युत् महसुलको ५० प्रतिशत छुट र विद्युत्को युनिट उठेको मात्र शुल्क लिनका लागि सम्बन्धित निकायमा अनुरोधसमेत गरेका छन् ।

त्यस्तै इन्टरनेटका हकमा सोही मुताविक अनुरोध गरिएको छ । कोभिड महामारीबाट धरासायी बनेको पर्यटन र पर्यटनसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा जोडिने ठमेललगायतका सम्पूर्ण पर्यटकीय व्यवसाय तथा व्यवसायीलाई जोगाउन घरधनी, व्यवसायी तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

ध्यानाकर्षण गराउने संयुक्त संस्थामा परिषद्, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सी, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, टुरिष्ट बस एशोसिएसन अफ नेपाल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल, नेपाल निर्यात परिषद्, विदेशी मुद्रा व्यवसायी सङ्घ नेपाल र कैलाश यात्रा सङ्घ रहेका छन् । बन्दाबन्दीले अहिले ठमेल क्षेत्र सुनसान जस्तै छ । कतिपय व्यवसायीको सटर बन्द छन् । संयोजक शर्माका अनुसार ठमेल क्षेत्रमा २०० घरधनी र १० हजार व्यवसायी रहेको बताइन्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE