हेटौँडा । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित सिमलटारमा भने दृश्य फरक छ। यहाँ मतदाताले आश्वासन होइन, प्रमाण मागिरहेका छन्। भोट माग्न आउने हरेक उम्मेदवारलाई उनीहरूको एउटै प्रश्न हुन्छ— “पहिला लालपुर्जा, त्यसपछि भोट।”
मकवानपुरका दुई निर्वाचन क्षेत्रमा ४४ जना उम्मेदवार मतदातालाई रिझाउन दौडधुपमा छन्। तर सिमलटारबासी भने वर्षौंदेखि अधुरो रहेको जग्गाधनी पुर्जाको मागलाई नै चुनावी मुद्दा बनाएका छन्। टोलमा उम्मेदवार आउने खबर पाउनासाथ स्थानीयले माइक, स्पिकर र ध्यानाकर्षण पत्र तयार पार्छन्—स्वागतका लागि होइन, जवाफ माग्नका लागि।
शनिबार बिहानै सिमलटार चोकमा स्थानीयहरू जम्मा भए। घाम ताप्दै उनीहरूको गुनासो एउटै सुनिन्थ्यो—चुनाव आउँदा नेताको लर्को लाग्छ, चुनाव सकिएपछि अनुहार पनि देखिँदैन।
स्थानीय वीरेन्द्र खड्की भन्छन्, “हरेक चुनावमा तीन महिनाभित्र लालपुर्जा दिलाउँछौँ भन्ने वाचा सुनेका छौँ। तर ३० वर्ष बितिसक्दा पनि पुर्जा पाएनौँ।”
लक्ष्मी विश्वकर्मा थप्छिन्, “सानासाना बच्चा बोकेर आन्दोलन गर्यौँ। कति अभिभावक पुर्जा नपाउँदै बित्नुभयो। चुनावपछि हाम्रो मुद्दा फेरि सेलाउँछ।”
२०५२ सालदेखि राप्ती नदीको बगरमा पाल टाँगेर सुरु भएको बस्तीमा अहिले करिब २२/२३ सय घरधुरी बसोबास गर्छन्। सडक, बिजुली, पानी जस्ता पूर्वाधार आए, तर जग्गाधनी पुर्जा अझै आएन। जग्गाको नापजाँच सकिएको, ‘सेतो कार्ड’ समेत पाइएको स्थानीय बताउँछन्। वडा कार्यालयले सिफारिस गरिसके पनि फाइल नगरपालिकाबाट आयोगसम्म नपुगेको गुनासो उनीहरूको छ।
टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरका अनुसार, “हामीले सबै उम्मेदवारलाई एउटै ध्यानाकर्षण पत्र दिएका छौँ। अब टोलमा जो आउँछ, उसलाई पहिला सोधिन्छ—जग्गाधनी पुर्जा खोइ?”
यसै क्रममा शनिबार नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौला टोलमा पुगे। स्थानीयले खादा लगाएर स्वागत गरे, तर औपचारिक भाषणभन्दा अघि ध्यानाकर्षण पत्र पढेर सुनाइयो। पत्रमा भूमि अधिकारलाई घोषणापत्रमा समेटेर कार्यान्वयन गर्न माग गरिएको थियो।
बर्तौलाले आफूले विगतमा सदनमा भूमिहीनका पक्षमा आवाज उठाएको उल्लेख गर्दै प्रक्रिया वडा, नगरपालिका र आयोगमार्फत अघि बढ्ने बताए। “निर्वाचित भए पनि मेरो पहिलो आवाज लालपुर्जाकै लागि हुनेछ,” उनले भने।
तर सिमलटारबासी अब आश्वासनभन्दा अघि परिणाम चाहन्छन्। टोलका करिब २३ सय घरधुरीका लागि लालपुर्जा नै सबैभन्दा ठूलो चुनावी मुद्दा बनेको छ। उनीहरूको स्पष्ट अठोट छ—“जसले लालपुर्जा दिन्छ, भोट उसैलाई।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८२ - २१:४०
काठमाडौँ । आफ्नो नाममा रहेको करिब २ हजार रोपनीभन्दा बढी त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणमा परेको पुष्टि भए पनि अझै फिर्ता प्रक्रिया सुरु भएको छ...
माघ २६ गते, २०८२ - २१:३८
जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पुनः जुम्लाबाट प्रत्यक्ष प्रतिनिधि सभामा उम्मेदवार बनेका छ...
माघ २६ गते, २०८२ - २१:२४
हेटौँडा । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित सिमलटारमा भने दृश्य फरक छ। यहाँ मतदा...
माघ २६ गते, २०८२ - २१:०५
संखुवासभा । संखुवासभाको मादी नगरपालिका –६ घर निर्माणका क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मादी नगरपालिका –६ लोयास्थित लिला बहादुर भुजेलेको घर निर...
माघ २६ गते, २०८२ - २१:०२
३१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य
माघ २६ गते, २०८२ - २०:४१
जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–१ अरेरवामा स्यालले आक्रमण गर्दा आधा दर्जनभन्दा बढी स्थानीय गम्भीर घाइते भएका छन्। दिउँसो करिब १ बजेदेखि ३ ...
माघ २६ गते, २०८२ - २०:३६
प्युठान । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू तामझाम, जुलुस र नाराबाजीसहित मतदातामाझ पुगिरहेका छन्। सामाजिक सञ्जालमा पनि भीडको प्रदर्...
माघ २६ गते, २०८२ - २०:२५
काठमाडौँ । २०७९ को निर्वाचनमा मधेस प्रदेशमा उल्लेख्य उपस्थिति देखाउन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसपटक भने त्यही भूगोलमा चर्चाको केन्द...
माघ २६ गते, २०८२ - २०:१५
चितवन । अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य घटाइएको जनाएको छ। सङ्घका...
माघ २६ गते, २०८२ - २०:१२
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा छुटेका छन्। आइतबार सरकारी वकिलको कार्य...



प्रतिकृया लेख्नुहोस्: