Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

किन पर्दैनन् दलहरूको प्राथमिकतामा महिला ?

३१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य

खबरडबली संवाददाता

काठमाडौं ।   प्रतिनिधिसभाको १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये ३१ क्षेत्रमा एक जना पनि महिला उम्मेदवार नउत्रिएको तथ्यांकले देखाएको छ। समग्रमा प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार मैदानमा हुँदा ३ हजार १७ पुरुष, ३८८ महिला र अन्य समूहका १ जना मात्रै छन्। अर्थात् महिला उम्मेदवारी जम्मा ११.३९ प्रतिशतमा सीमित छ।

यो अवस्था संयोग होइन, दलहरूको उम्मेदवार छनोट प्रक्रियामा महिलाप्रति देखिएको प्राथमिकताको परिणाम हो भन्ने विश्लेषण बलियो देखिन्छ।

कोशी प्रदेश : ९ क्षेत्रमा महिला शून्य

ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ–२, मोरङ–३, खोटाङ, उदयपुर–१ र उदयपुर–२ मा महिला उम्मेदवार छैनन्। यी अधिकांश क्षेत्रमा दलीय उम्मेदवार मात्रै छन्, तर कसैले पनि महिलालाई टिकट दिएनन्। कोशीमा ४३६ पुरुष उम्मेदवार हुँदा महिला केवल ५८ जना छन्।

मधेश : रौतहट–२ मा महिला शून्य

मधेश प्रदेशमा रौतहट–२ मा २६ उम्मेदवार सबै पुरुष छन्। प्रदेशभर भने ९१८ पुरुषको तुलनामा महिला १०९ जना मात्रै छन्।

बागमती : ३ क्षेत्रमा महिला छैनन्

काभ्रे–१, सिन्धुली–१ र नुवाकोट–२ मा महिला उम्मेदवार शून्य छन्। यी क्षेत्रहरूमा अधिकांश दलीय उम्मेदवार भए पनि महिलाले अवसर पाएनन्। बागमतीमा ६२३ पुरुष र १०८ महिला उम्मेदवार छन्।

गण्डकी : स्याङ्जा–१, स्याङ्जा–२ र म्याग्दीमा पुरुष मात्रै उम्मेदवार छन् । गण्डकी प्रदेशमा २०३ पुरुष र ३१ महिला उम्मेदवार छन्। तीन क्षेत्रमा महिलाको उपस्थिति शून्य छ।

लुम्बिनी : ४ क्षेत्रमा महिला शून्य

कपिलवस्तु–३, रोल्पा, दाङ–१ र बाँके–२ मा महिला उम्मेदवार छैनन्। प्रदेशभर ५२९ पुरुष र ५३ महिला उम्मेदवार छन्।

कर्णाली : ४ क्षेत्रमा महिला अनुपस्थित

मुगु, कालीकोट, जाजरकोट र सुर्खेत–१ मा महिला उम्मेदवार छैनन्। कर्णालीमा १२० पुरुष र ११ महिला उम्मेदवार छन्।

सुदूरपश्चिम : ७ क्षेत्रमा महिला शून्य

बाजुरा, अछाम–१, अछाम–२, बझाङ, दार्चुला, बैतडी र डडेलधुरामा पुरुष मात्रै उम्मेदवार छन्। प्रदेशमा १८८ पुरुष र १८ महिला उम्मेदवार छन्।

महिला उम्मेदवार : स्वतन्त्र बढी, दलका कम

३८८ महिला उम्मेदवारमध्ये १५७ स्वतन्त्र छन् भने २३१ मात्रै दलीय। यसले दलहरूले महिलालाई टिकट दिन अनुदार रहेको संकेत गर्छ।

ठूला दलहरूबाट महिला उम्मेदवारी अत्यन्त न्यून रहेकाे  छ । जसमा नेपाली कांग्रेस  ११, कपा एमाले — १०, नेकपा — १२, राष्ट्रिय स्वतन्त्र पार्टी — १६, राष्ट्रिय प्रजातन्त्र पार्टी — ८, जसपा — ८ रहेका छन  ।

यता नेपाल मजदुर किसान पार्टी (५४) र मंगोल नेसनल अर्गनाइजेसन (१५) जस्ता दलबाट अपेक्षाकृत धेरै महिला उम्मेदवार देखिन्छन्।

नुनी रूपमा समानुपातिक प्रणालीमार्फत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिए पनि प्रत्यक्षतर्फ दलहरूको व्यवहारले महिला सहभागितालाई गम्भीर रूपमा सीमित गरेको देखिन्छ। ३१ क्षेत्रमा महिला उम्मेदवार नै नहुनु प्रतिनिधित्वको प्रश्न मात्रै होइन, राजनीतिक इच्छाशक्तिको पनि प्रश्न हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफू खेल्ने उमेरमा दुई बहिनीको अभिभावक बने ८ वर्षीय शेखर

सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

उपसभामुख रुवी ठाकुरको संसद सञ्चालन शैलीमाथि बहस, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...

आठ वर्षदेखि कागजमै सीमित गण्डकीका गौरव आयोजना, संघीय निर्णय नहुँदा औद्योगिक क्षेत्र निर्माण ठप्प

पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending