Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

धनुषामा स्याल आतंक: आधा दर्जनभन्दा बढी घाइते, एक महिला काठमाडौं रेफर

खबरडबली संवाददाता

जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–१ अरेरवामा स्यालले आक्रमण गर्दा आधा दर्जनभन्दा बढी स्थानीय गम्भीर घाइते भएका छन्। दिउँसो करिब १ बजेदेखि ३ बजेको बीचमा स्यालले एकपछि अर्को गर्दै मानिसमाथि आक्रमण गरेको स्थानीयले बताएका छन्।

आक्रमणमा परी लक्ष्मिनियाँ गाउँपालिका–१ का ६५ वर्षीय चन्देश्वर यादव, लक्ष्मिनियाँ गाउँपालिका–२ का १७ वर्षीय अनिल यादव, सोही स्थानका सन्तोष यादव तथा ५० वर्षीय प्रगास मण्डल घाइते भएका छन्। घाइतेहरूको शरीरका विभिन्न भागमा स्यालले टोकेको जनाइएको छ।

यसै क्रममा पहिचान नखुलेकी एक महिलाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। अन्य घाइतेहरूको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको छ।

घटनापछि स्थानीयवासी त्रसित बनेका छन्। स्यालको खोजी तथा नियन्त्रणका लागि सम्बन्धित निकायले पहल गरिरहेको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२ हजार रोपनीभन्दा बढी त्रिविको जग्गा अतिक्रमित, फिर्ता प्रक्रिया अझै सुस्त

काठमाडौँ । आफ्नो नाममा रहेको करिब २ हजार रोपनीभन्दा बढी त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणमा परेको पुष्टि भए पनि अझै फिर्ता प्रक्रिया सुरु भएको छ...

जुम्लामा मैले चुनाव हार्नुपर्ने कारण छैन: ज्ञानेन्द्र शाही

जुम्ला  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पुनः जुम्लाबाट प्रत्यक्ष प्रतिनिधि सभामा उम्मेदवार बनेका छ...

३० वर्षदेखी जग्गाधनी पुर्जा पर्खाइ, सिमलटारबासीको एउटै आवाजः जसले लालपुर्जा दिन्छ, उसैलाई भोट

हेटौँडा । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित सिमलटारमा भने दृश्य फरक छ। यहाँ मतदा...

घर निर्माण गर्दा संखुवासभामा लडेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको मादी नगरपालिका –६ घर निर्माणका क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मादी नगरपालिका –६ लोयास्थित लिला बहादुर भुजेलेको घर निर...

किन पर्दैनन् दलहरूको प्राथमिकतामा महिला ?

३१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य

धनुषामा स्याल आतंक: आधा दर्जनभन्दा बढी घाइते, एक महिला काठमाडौं रेफर

जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–१ अरेरवामा स्यालले आक्रमण गर्दा आधा दर्जनभन्दा बढी स्थानीय गम्भीर घाइते भएका छन्। दिउँसो करिब १ बजेदेखि ३ ...

चुुनावी प्रचार–प्रसारको तडकभडकमा जाे एक्लै घरदैलोमा उत्रिए !

प्युठान । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू तामझाम, जुलुस र नाराबाजीसहित मतदातामाझ पुगिरहेका छन्। सामाजिक सञ्जालमा पनि भीडको प्रदर्...

मधेसमा रास्वपाको ‘क्रेज’, कसको मत कति कट्ला?

काठमाडौँ । २०७९ को निर्वाचनमा मधेस प्रदेशमा उल्लेख्य उपस्थिति देखाउन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसपटक भने त्यही भूगोलमा चर्चाको केन्द...

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य घटाइएको जनाएको छ। सङ्घका...

हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा छुटेका छन्। आइतबार सरकारी वकिलको कार्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE