वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन बमोजिम जर्मनीबाट फिर्ता हुने १० हजार अमेरिकी सेनाको बन्तोबस्त गर्न अमेरिकी रक्षा मन्त्रालयले समीक्षा गर्न थालेको छ ।
जर्मनीबाट हटाइने केही सैनिकलाई भने पोल्यान्ड पठाइने वासिङ्टनको तयारी छ । तर सैन्य फिर्ताको कार्य निकै जटिल भएकाले तुरुन्तै राष्ट्रपति ट्रम्पको आदेश कार्यान्वयन हुनेमा आशंका देखिएको रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
आपतकालीन अवस्थामा अमेरिकी फौजलाई रक्षा मन्त्रालयले तुरुन्तै जहाँसुकै परिचालन गर्न सक्छ, तर सामान्य अवस्थामा स्वदेश वा अरु मुलुकमा फौज स्थानान्तरण गर्दा वा खटाउँदा प्रत्येक सैनिकका आश्रित परिवार, उनीहरुका बालबच्चाको विद्यालय, आवास व्यवस्था इत्यादि समेतमाथि विचार गर्नुपर्ने हुन्छ ।
अमेरिकी अधिकारीहरुले जर्मनीबाट फिर्ता गरिने सैनिकलाई कहाँ राखिन्छ भन्ने अझै निर्णय हुन नसकेको बताएका छन् । तर पोल्यान्ड जाने सेनाका बारेमा भने पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले राष्ट्रपति ट्रम्पलाई बुधबार भेट्दै हुनुहुन्छ । गत वर्ष घोषणा गरिएको एक सम्झौता बमोजिम अमेरिकाले पोल्यान्डमा करिब एक हजार सैनिक परिचालन गर्नेछ ।
रक्षा मन्त्रालयका एक वरिष्ट सैन्य अधिकारीले जर्मनीबाट हटाइने सैनिकको गन्तव्यका बारेमा टुंगो लागिनसकेको बताउनुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जर्मनीमा तैनाथ करिब ३५ हजार सैनिकमध्ये १० हजार कटौती गरी २५ हजारमा झार्ने बताइसक्नु भएको छ । पेन्टागनले यी फौजलाई इन्डो–प्यासिफिक क्षेत्रमा तैनाथ गर्ने सम्भावना रहेको बताएको छ । जर्मनीले नेटो सैन्यबलका लागि हुने प्रतिरक्षा खर्चमा यथेष्ट योगदान नगरेको भन्दै राष्ट्रपति ट्रम्पले पटकपटक आक्रोश व्यक्त गर्दै आउनुभएको छ ।
अमेरिकी अखबार दी वालस्ट्रिट जर्नलमा मंगलबार प्रकाशित राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ–ब्रायनको एक लेखमा उहाँले जर्मनीमा तैनाथ ठूलो संख्याका सैनिकलाई त्यहाँबाट हटाएर युरोपकै अरु मुलुकमा तैनाथ गर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “केही हजार सेना इन्डो–प्यासिफिक क्षेत्रका मुलुकमा तैनाथ हुनेछन् । यी क्षेत्रका गुआम, हवाई, अलास्का र जापानका साथै अस्ट्रेलियाजस्ता मुलुकमा अमेरिकी सेना पहिल्यैदेखि छन् ।”
अमेरिकी संसद कङ्ग्रेसका केही सांसदले राष्ट्रपति ट्रम्पको निर्णयमाथि आपत्ति जनाएका छन् । केही रिपब्लीकन सांसदले पनि आफ्ना सरोकारका बारेमा राष्ट्रपति ट्रम्पलाई पत्राचार नै गरेका छन् ।
रक्षा मन्त्रालयकी प्रवक्ता लेफ्टिनेन्ट कर्नल कार्ला ग्लीसनले राष्ट्रपति ट्रम्पको निर्देशन बमोजिम अमेरिकी युरोपेली कमान्डसँग सम्भावित विकल्पका बारेमा छलफल भइरहेको बताउनुभएको छ । उहाँले पोल्यान्डसँगको सम्झौता बमोजिम त्यहाँ डिभिजन हेडक्वार्टर्स, एउटा युद्ध तालिम केन्द्र, मानवविहीन लडाकू बिमानहरु तथा सैनिक ब्रिगेड स्थापना हुने जानकारी दिनुभयो ।
समग्रमा जर्मनीमा सैनिक र उनीहरुसँग आश्रित गैरसैनिक गरी करिब ४७ हजार व्यक्ति रहेका छन् । जर्मनीमा अमेरिका युरोपेली कमान्ड र अमेरिका अफ्रिका कमान्ड रहेका छन् ।
अमेरिकी सेनाको अमेरिका बाहिर सबैभन्दा ठूलो सैनिक अस्पताल पनि जर्मनीमै रहेको छ । यहाँ करिब दुई हजार सैनिक र गैरसैनिक व्यक्तिले काम गर्दछन् । पछिल्ला वर्षहरुमा घाइते हजारौं सैनिकको यहीँ उपचार गरिएको थियो । एपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: