Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

विवाहको तयारीमा लागेकी श्वेतालाई प्रेमीले तनाव दिएपछि आत्महत्या

मोरङ । विवाह गर्न अस्वीकार गरेका प्रेमीले विभिन्न तरिकाले तनाव दिन थालेपछि विराटनगर महानगरपालिका(३ मा बस्दै आएकी १ युवतीले आत्महत्या गरेकी छिन् ।

उदयपुरको बेलका नगपालिका(२ घर भएकी २४ वर्षीया श्वेता पोखरेलको शव झुण्डिएको अवस्थामा आइबार साँझ फेला परेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएपछि घटना आत्महत्या नभइकन आत्महत्या दुरुत्साहन रहेको पत्ता लागेको छ ।

पारिवारिक स्रोतका अनुसार प्रेमी मोरङको सुन्दरहरैंचा नगरपालिका(१० का २५ वर्षीय सविन पराजुलीले विहे गर्न अस्वीकार गरेपछि उनको विराटनगरकै अर्का युवकसँग विहेको निधो भएको थियो।
विराटनगरमा डेरा गरी महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत श्वेता, शौर्य बचत तथा ऋण सहकारी संस्थामा काम गर्थिन् । उनी एउटै क्याम्पसमा पढ्ने सविनसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार सविनले विहे गर्न नमानेपछि पारिवारिक सल्लाह बमोजिम असार १४ गते उनको मागी विहे गर्ने गरी सोमबार फूलमालाको तयारी गरिएको पाइएको छ । तर, आइतबार साँझ नै झुण्डिएको अवस्थामा श्वेताको शव फेला परेपछि घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले अर्कै युवकसँग प्रेमिकाले विहे गर्न लागेको थाहा पाएका सविनले विहे भाँड्ने योजना अनुरुप विभिन्न हर्कत गरेको पत्ता लगायो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार सविनले प्रेम सम्बन्धमा रहँदा श्वेतासँग खिचेका तस्बिरहरु बाहिर ल्याएर तनाव दिन थालेको खुलेको छ ।

आफूसँग खिचेका फोटो सार्वजनिक गर्दै पूर्व प्रेमी सविनले विहे भाँड्न खोजेपछि युवतीले अन्तत आत्महत्याको बाटो रोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी राईको भनाइ छ ।
परिवारले भोलिपल्ट विहेका लागि फूलमायाको तयारी गरिरहँदा श्वेताले अघिल्लै दिन आइतबार साँझ ६ बजे झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । अन्नपूर्ण पोस्ट् दैनिकबाट

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE