लम्की । कैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि रु ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजित बजेटमध्ये चालुतर्फ रु ४५ करोड २४ लाख ११ हजार ७ सय ४९ तथा पूँजीगततर्फ रु २५ करोड ८३ लाख ४४ हजार तीन सय विनियोजन गरेको छ ।
नगरपालिकाले कोभिड १९ को संक्रमण रोकथाम एवम् उद्धारका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । सातौंँ नगरसभामा आगामी आर्थिक वर्ष २०७७÷०८७ का लागि विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै उपप्रमुख केशरी रावलले टीकापुर अस्पतालमा विशेषज्ञ तथा एनआइसियु सेवा सञ्चालनका लागि रु ५० लाख ४० हजार तथा निःशुल्क रगत तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म सेवाका लागि रु दुई लाख बजेट विनियोजन गरिएको जानकारी दिइन्।
एक वडा एक गौरवको सडक योजनाअन्तर्गत सडक कालोपत्रेका लागि रु सात करोड २० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै बालविकास शिक्षिकालाई थप प्रोत्साहनका लागि रु १६ लाख ३२ हजार, सेनेटरी प्याड खरीदका लागि रु ५२ लाखसहित शिक्षा क्षेत्रमा रु २२ करोड ३९ लाख ५२ हजार सात विनियोजन गरिएको छ ।
पर्यटन प्रवद्र्धन गर्न रु २१ लाख ५० हजार रकम विनियोजन गरेको छ । नगरसभाले दुई विधेयक पनि पारित गरेको छ । उपप्रमुख विष्टले प्रस्तुत गरेको आर्थिक विधेयक २०७७ र विनियोजन विधेयक २०७७ मा बहुमत देखिएपछि सभाध्यक्ष तपेन्द्रबहादुर रावलले पारित भएको घोषणा गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: