Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

बन्दाबन्दीका कारण सवारी साधनका पार्टपुर्जा बिग्रन थाले

काठमाडौँ । सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेका छन् । व्यवसायीले गुनासो गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात सडकमा नगुडेपछि कति ग्यारेजमा थन्किएका छन् त कति सवारी भने ग्यारेजको अभावमा सडक वा खुला स्थानमा राखिएका छन् । ग्यारेज गरिएका साधनका पार्टपुर्जामा धेरै समस्या नभएपनि खुला रुपमा सडक वा अन्य स्थानमा राखिएका सवारीको टायर लगायत पार्टपुर्जा फेर्नुपर्ने अवस्थामा पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए।

आधाभन्दा बढी सवारीका लागि ग्यारेजको व्यवस्था हुन सकेको छैन । माटोमा परेर टायर मक्किएको छ । दिनरात घामपानीमा राखिने र इञ्जिन समेत नचल्ने भएकाले ब्याट्री पनि फेर्नुपर्छ । जसका कारण तीन महीनादेखि थन्किएका सवारी एकैपटक सञ्चालनमा ल्याउँदा सडकमा बिग्रिएर समस्या आउनेतर्फ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग लगायत सरोकार भएका निकायलाई जानकारी गराइएको पनि उनले जानकारी दिए ।

बैङ्क, सहकारी लगायत वित्तीय संस्थाबाट ऋण लिएर सञ्चालनमा आएका सवारीले यातायात बन्दाबन्दीदेखि नै किस्ता तिर्न सकेका छैनन् । सिटी यातायातका व्यवसायी प्रेमकृष्ण लामिछाने दैनिक हातमुख जोर्न नै समस्या भएकाले किस्ता तिर्न सक्ने अवस्था नै नभएको बताउछन् । आफूसँग भएको पुँजीमा वित्तीय संस्थाबाट किस्ताबन्दी तिर्ने गरी सार्वजनिक यातायात सञ्चालन गरेकामा महामारीका कारण समस्यामा परिएको उनको गुनासो छ ।

दैनिक कमाएर खाने र किस्ता तिर्ने गरेकामा कमाउने साधन नै थन्किएपछि बिलखबन्दमा परेका लामिछाने प्रतिनिधि पात्र मात्र हुन् । धेरै व्यवसायीको यस्तै खाले समस्या छन् । बन्दाबन्दी ठूला बस, मिनी बस, माइक्रो बस, भाडाका ट्याक्सी सबै थन्किएका छन् । असार १ गतेपछि चलेका केही सवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पुँजी भएर सवारीमा लगानी गर्नेका लागि समस्या नभएपनि पछिल्लो समय थोरै पुँजीमा किस्तामा व्यवसाय शुरु गरेका यातायात व्यवसायीका लागि भने अप्ठ्यारो अवस्था छ । व्यवसायीका यस्तै समस्यालाई मध्यनजर गर्दै महासङ्घले बन्दाबन्दीको अवधिमा किस्ताको गणना नगर्ने व्यवस्था गर्न सरकारसँग माग गरिएको अध्यक्ष कर्माचार्यले बताए।

बैङ्कभन्दा सहकारी र वित्तीय संस्थाको ब्याजदर बढी हुने भएकाले महामारीको अवस्थामा ब्याजदरमा पनि पुनर्विचार गरिनुपर्ने माग व्यवसायीको छ । बन्दाबन्दीले लामो समय थला परेका व्यवसायीले सवारी मर्मत गर्न नसक्ने भएकाले मर्मत सम्भार गर्न पुनर्कर्जाको व्यवस्था गनुपर्नेमा पनि व्यवसायीले जोड दिएका छन् ।

“बन्दाबन्दीको अवधिमा कागजात नवीकरणमा शुल्क नलाग्ने व्यवस्था गर्न, सार्वजनिक यातायात सञ्चालनमा ल्याउने बेलामा सुरक्षाका उपाय अपनाउँदा ५० सीट क्षमताका सवारीमा आधामात्र राख्न सकिन्छ, यसबाट उठ्ने भाडाले चालक, परिचालकलाई तलब भत्ता समेत दिन पुग्दैन, यसैले आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरेका छौँ”–अध्यक्ष कर्माचार्यले भने ।

सवारीको बाहिरी पार्टपुर्जामा समस्या आएपनि मूल इञ्जिनमा भने समस्या नआउने प्राविधिकको कुरालाई हाल विश्वास गरिएको महासङ्घले जनाएको छ । सार्वजनिक यातायात सञ्चालनमा ल्याउने बेलामा सवारीलाई निर्मलीकरणको व्यवस्था गर्नुपर्नेछ । यसको व्यवस्था पनि सरकारले गर्नुपर्ने व्यवसायीको माग छ ।

व्यवसायीका मागका विषयमा यातायात मन्त्रालय र कोभिड उच्चस्तरीय समितिमा छलफल भइरहेको विभागले जनाएको छ । समितिले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेमा चलाउन सकिने गरी व्यवस्था मिलाउन व्यवसायी लगायत सरोकार भएका निकायका अधिकारीसँग छलफल शुरु गरेको विभागका महानिर्देशक गोनबहादुर हमालले बताए ।

“लामो, छोटो र शहरी क्षेत्रमा सवारी चलाउँदा के कस्तो मापदण्ड बनाउन भन्ने विषयमा छलफल भइरहेको छ, पहिलो चरणमा निश्चित क्षेत्रमा मात्र चल्ने गरी छोटो दूरीका सवारी चलाउन छलफल अघि बढाइएको छ”–उनले भने ।

व्यवसायीका धेरै माग अर्थ मन्त्रालयसँग सम्बन्धित भएकाले आवश्यक सहयोगका लागि पत्र पठाइएको विभागले जनाएको छ । व्यवसायीका जायज माग पूरा गर्न विभाग तयार रहेको छ । नवीकरण शुल्कका विषयमा भने प्रदेश सरकारले हेर्ने भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पत्राचार गरेको जनाइएको छ ।

एउटा सीटमा एक जना यात्रु राखेर सवारी चलाउँदा तेलको भाडा पनि नउठ्ने भएकाले सरकारले आवश्यक सहयोग गनुपर्ने माग नेपाल यातायात राष्ट्रिय व्यवसायी सर्वोच्च महासङ्घले पनि सरकारसँग राखेको अध्यक्ष विष्णु शिवाकोटीले बताए । सरकारले आवश्यक सहयोग गरेमा कोरोनाबाट सुरक्षित रुपमा जनता स्वास्थ्यलाई ध्यान दिई सुविधा दिन तयार रहेको उनले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy