Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

भारतले भन्यो, ‘लिपुलेक इस्युमा प्रतिक्रिया दिंदैनौं’

काठमाडौं । भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीका सम्बन्धमा थप प्रतिक्रिया नदिने बताएको छ । उसले नेपालमा चीनको प्रभाव, नयाँ नक्सा, विदेश सचिवस्तरीय बैठकलगायतका विषयमा टिप्पणी नगर्ने पनि स्पष्ट गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ = भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नयाँ नक्साबारे कुनै जानकारी नदिने बताउँदै नेपाल र भारतबीच आपूर्ति व्यवस्था निरन्तर रहेको उल्लेख गरेका छन् । बिहीबार पत्रकारहरूले नेपालद्वारा जारी नयाँ नक्सा, विदेश सचिवस्तरीय बैठकको सम्भावना, नेपाली भूभाग चीनले अतिक्रमण गरेको चर्चाबारे प्रश्न गरेका थिए ।

‘भारतले आफ्नो धारणा १३ जुनमा सार्वजनिक गरिसकेको छ । यस सम्बन्धमा थप प्रतिक्रिया छैन,’ आधा दर्जन पत्रकारहरूको जवाफमा श्रीवास्तवले भने । भारतले नेपालद्वारा जारी नक्सा मान्य नहुने तथा नेपालले वार्ताका लागि सकारात्मक वातावरण बनाउनुपर्ने जिकिर गरेको थियो ।

पत्रकारहरूले नेपालमा भारतबाट विवाह गरेर जाने चेलीहरूलाई नागरिकता लिन सात वर्ष लाग्ने नेपाली कानुनी प्रावधानबारे उनीसँग प्रतिक्रिया मागेका थिए । श्रीवास्तवले यसबारे सीधा प्रतिक्रिया दिएनन् । ‘यस सम्बन्धमा हामीले रिपोर्ट हेरेका छौं ।

हाम्रा जनताबीच गहिरो सम्बन्ध छ । नेपाल र भारतका जनताबीच पारिवारिक सम्बन्ध छ । यसले दुई देशको सभ्यता र संस्कृतिमा आधारित सम्बन्धलाई प्रतिबिम्वित गर्दछ,’ उनले भने ।

नेपाल र भारतबीच अत्यावश्यक सामग्री तथा व्यापारका लागि आपूर्ति व्यवस्थामा अवरोध नआएको उनको भनाइ थियो । लकडाउनको चुनौतीमाझ पछिल्लो महिनामा मात्रै नेपाल र भारतबीच ३० करोड अमेरिकी डलर बराबरको व्यापार भएको श्रीवास्तवले जानकारी दिए ।

चीनबाट नेपाली भूमि मिचिएको छैन : परराष्ट्र
सरकारले चीनबाट नेपाली भूमि अतिक्रमित नभएको स्पष्ट पारेको छ । बिहीबार विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सीमाबारे प्रतिवेदन तयार नगरेको र यो उसको क्षेत्राधिकार समेत नभएको पनि जिकिर गरेको छ । सार्वजनिक सञ्चारमाध्यममा चीनबाट नेपाली भूमि अतिक्रमित भएको समाचार आइरहेका वेला परराष्ट्र मन्त्रालयले खण्डन गरेको हो ।

कृषि मन्त्रालयले रिपोर्ट नभएको पहिले नै स्पष्ट पारिसकेको र सार्वजनिक भएको भनिएको कथित रिपोर्ट खारेज गरिसकेको परराष्ट्रले जनाएको छ । नेपाल र चीनबीच ५ अक्टोबर १९६१ को सीमा सन्धिका आधारमा सीमांकन भएको परराष्ट्रको भनाइ छ । सीमा स्तम्भ नम्बर ३७ र ३८ नहराएको तथा यसबारे दुवै देशबीच विवाद नभएको सरकारले जनाएको छ ।

नेपालको खुला सीमा दुरुपयोग हुन सक्छ : अमेरिका
अमेरिकाले अन्तर्राष्ट्रिय आतंककारीहरूले नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्न सक्ने दाबी गरेको छ ।

नेपाली समयअनुसार बुधबार राति सार्वजनिक भएको आतंकवादसम्बन्धी गत वर्षको प्रतिवेदनमा अमेरिकाले खुला सीमा र मुलुकको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा प्रोटोकललाई कारण देखाउँदै नेपाली भूभाग दुरुपयोग हुन सक्ने टिप्पणी गरेको हो । नेपाल ट्रान्जिट प्वाइन्ट हुुन सक्ने अमेरिकी प्रतिवेदनमा उल्लेख छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy