Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

सेनाले ६ करोड खर्चेर ल्याएको किट प्रयोग गर्न नमिलेर थन्कियो गोदाममा

काठमाडौं । सेनाले खरिद गरेका किट ओम्नीले ल्याएका मेसिनमा मात्र प्रयोग हुने, तर ओम्नीले सवा करोडमा ल्याएका पाँच वटै मेसिन प्रयोग गर्न नमिलेर थन्किएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - साधन र स्रोतको अभावले कोरोना परीक्षण सुस्त भइरहेको वेला सेनाले खरिद गरेका २८ हजार किट प्रयोगमा समस्या भएको छ । नेपालका प्रयोगशालामा कुन किट प्रयोग हुन्छ भन्ने अध्ययन समेत नगरी ढुकुटीको ६ करोड अप व्यय भएको छ ।

कोरोना परीक्षणका लागि नमुना संकलन गर्दा ‘वान एमएल’ र ‘थ्री एमएल’का भिटिएम पद्धति हुन्छ । हाल नेपालमा ‘थ्री एमएल’का भिटिएममार्फत स्वाब संकलन हुँदै आएको छ । थ्री एमएलभन्दा वान एमएल आफैमा कम गुणस्तरको हो ।

सेनाले ल्याएको किट ‘वान एमएल’ भिटिएममा मात्र प्रयोग हुन्छ । ‘गुणस्तर मात्र होइन, सेनाले ल्याएको यो किट प्रयोग गर्ने पद्धति हामीसँग मिल्दैन,’ जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झा भन्छिन् ।

दुई महिनाअघि चीनको तिब्बत सरकारले ३० हजार किट अनुदानमा दिएको थियो । तर, ती किट ‘वान एमएल’ पद्धतिको भएकाले प्रयोग नगरी गोदाममा राखिएको छ । ‘चीन सरकारले सहयोग गरेको ३० हजार किट पनि यही कम्पनीको हो ।

त्यसवेला हामीले पिसिआर किट प्रयोग गर्‍यौँ, तर एक्स्ट्र्याक्सन किट प्रयोग गरेनौँ । किनकि त्यो एक्स्ट्रयाक्सन किट हामीले प्रयोग गरिरहेको भिटिएमका लागि उपयुक्त भएन,’ डा. झा भन्छिन्, ‘ एक्स्ट्रयाक्सन किट र भिटिएम फरकफरक कम्पनीको हुँदा परीक्षणको नतिजा गलत आउने समस्या भयो । त्यसैले चीन सरकारले दिएको किटबाट पनि हामीले परीक्षण रोकेका हौं । तर, सेनाले फेरि त्यही किट ल्यायो, त्यसैले समस्या भयो ।’

स्वास्थ्य मन्त्रालयका अनुसार सेनाले ल्याएको किट सानस्योर बायोटेक कम्पनीको हो । उक्त किटका लागि सोही कम्पनीको मात्र भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) प्रयोग हुन्छ । ‘सेनाले ल्याएको किटले सोही कम्पनीको भिटिएममा मात्र सपोर्ट गर्छ, अरू भिटिएममा प्रयोग गर्दा गलत रिपोर्ट दिन्छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारी भन्छन्, ‘देशमा हाल थरिथरिका भिटिएम प्रयोग भएका छन् । तर, सेनाले ल्याएको किट अरू कुनै पनि भिटिएममा प्रयोग गर्न मिल्दैन ।’

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने सेनाले खरिद गरेको किट प्रयोगमा आएन भन्ने सुन्दा दुःख लागेको प्रतिक्रिया दिएका छन् । ‘हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अनुरोधमा किट खरिद गरेका हौ । तर, अहिले प्रयोगमा आएन भन्ने जवाफले सबैलाई दुःखी बनाएको छ,’ उनले भने, ‘स्पेसिफिकेसनमा मागेको भन्दा फरक किट आएको भए सुरुमा स्वास्थ्यले हामीलाई भन्नुपथ्र्यो । त्यस्तो अवस्थामा हामीले त्यसलाई तत्काल फिर्ता गरेर सबैमा मिल्ने मगाउने थियौं ।’

सेनाले के–के सामग्री चाहिन्छ भनेर सोधे पनि ‘स्पेसिफिकेसन’बारे छलफल नभएकाले अहिले समस्या आएको डा. झाको भनाइ छ । ‘हो, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सोधेको हो । तर, पिसिआर ल्याबका लागि के–के सामान चाहिन्छ, १० मिनेटभित्र पठाई दिनु भन्ने कुरा आयो ।

करिब एक घन्टामा मैले एउटा पिसिआर ल्याब सञ्चालन गर्न के–कति सामान चाहिन्छ भनेर सिफारिस गरेँ । पिसिआर किट, आरएनए एक्स्ट्र्याक्सन र भिटिएमलगायत ल्याबमा चाहिने अन्य सामग्रीहरूको सूची उपलब्ध गराएँ,’ उनी भन्छिन्, ‘तर, हामीले यस्तो प्रकारको भिटिएम र आरएनए एक्स्ट्रयाक्सन आउला भन्ने सोचेका थिएनौँ । सामान आएपछि हामी त आरएनए एक्स्ट्रयाक्सन वितरण गर्न तैनाथ भएका थियौँ, तर एयरपोर्टमा आएको किटको फोटो हेर्दा छक्क पर्‍यौं ।’

सेटमा प्रयोग गर्नुपर्ने किटहरू वितरण गरेर प्रयोग गर्दा समस्या आएको हुन सक्ने सेनाको बुझाइ रहेको सैनिक प्रवक्ताको भनाइ छ । ‘हामीले ल्याएका किट सेटमा मात्रै प्रयोग गर्न मिल्ने देखियो । सेटको किटलाई भिटिएम र आरएनए एक्स्ट्रयाक्सन फरक फरक रूपमा वितरण गर्दा समस्या आएको हुन सक्छ भन्ने हाम्रो बुझाइ छ,’ उनले भने ।

हालसम्म नेपालमा प्रयोग गरिँदै आएको आरएनए एक्स्ट्र्याक्सन किट, भिटिएम र पिसिआर रिएजेन्ट सबै आरटी पिसिआर प्रयोगशालामा प्रयोग गर्न मिल्ने खालका छन् । देशको कुनै पनि भागमा पठाएको ‘थ्री एमएल’का भिटिएममार्फत स्वाब संकलन गरी जहाँ पनि परीक्षण गर्न सकिन्छ । तर, सेनाले ल्याएको एक्स्ट्र्याक्सन किट ओम्नीले ल्याएको मेसिनमा मात्र प्रयोग गर्न मिल्छ, तर ती मेसिन काम नलाग्ने भएर थन्किएका छन् ।

ओम्नीले २१ हजार डलरका दरले पाँच पोर्टेबल मेसिन ल्याएको थियो । जसमा कुल एक लाख पाँच हजार डलर अर्थात् एक करोड २५ लाख ९४ हजार खर्च भएको थियो । ‘त्यति ठूलो धनराशि खर्च भएको मेसिन बिग्रिएका छन्, चीन सरकारले दिएका २८ हजार किट थन्किएका छन्, त्यसमाथि ६ करोड खर्च गरेर त्यस्तै किट ल्याइएको छ, यसले राज्यकोषमाथि खेलबाड मात्र भएको देखिन्छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

देशमा अहिले २१ प्रयोगशाला छन्, दुई प्रयोगशालामा यो किट प्रयोग गर्न सकिने अनुमानका आधारमा परीक्षण पनि गरिएको थियो । स्वास्थ्यसचिव लक्ष्मण अर्याल भन्छन्, ‘आमरूपमा यो किट प्रयोगमा समस्या आएको छ, तर वीर र पाटन अस्पतालमा केही मात्रामा प्रयोग गर्न सकिन्छ भन्ने जानकारी पनि आएको छ, यो विषयमा हामी छलफल गरिरहेका छौँ ।’

तर, वीर अस्पतालले प्रयोग गर्न खोजे पनि समस्या देखिएको छ । ‘त्यो भिटिएममा संकलन गरिएको स्वाब लामो समय राख्न मिल्दैन । सेनाले ल्याएको भिटिएम र एक्स्ट्रयाक्सन किट दुईदेखि आठ डिग्री सेन्टिग्रेटमा राख्नुपर्छ ।

तर, हाल देशभर प्रयोगमा रहेका ‘थ्री एमएल’का भिटिएम कोठाको सामान्य तापक्रममा राख्न सकिन्छ,’ वीर अस्पतालका कोभिड फोकलपर्सन डा. अच्युत कार्की भन्छन्, ‘सेनाले दिएको केही किट हामीले प्रयोगमा ल्याएका थियौँ । तर, यसबाट स्वाब परीक्षणमा गम्भीर त्रुटि देखियो । यो आरएनए एक्स्ट्रयाक्सन किट अन्य बजारमा भएका भिटिएमसँग मिल्दैन ।’

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले पनि नमुना संकलन गरेर प्रयोगशालामा लग्ने पद्धतिका लागि सेनाले ल्याएको किट प्रयोग गर्न नमिल्ने जानकारी आएको बताए । ‘एक ठाउँमा स्वाब संकलन गरे अन्यन्त्र लगी परीक्षण गर्न नमिल्ने प्रकारको किट आयो भन्ने जानकारी आएको छ, यो विषयमा स्वास्थ्य मन्त्रालयले गहन छलफल गरिरहेको छ,’ उनले भने ।

अभावका वेला खरिद गरिएको २८ हजार किट प्रयोगमा नआउँदा स्वास्थ्य मन्त्रालय ठूलो समस्यामा परेको छ । मन्त्रालयले १५ असारदेखि दैनिक १० हजार नमुना परीक्षण गर्ने लक्ष्य राखेको छ ।

वीर अस्पतालका कोभिड फोकलपर्सन डा. कार्की भन्छन्, ‘धेरै परीक्षण गर्ने सरकारको योजनामा यो किटले बार लगाएको छ ।’ अब स्वास्थ्य मन्त्रालयसँग २० हजार मात्रै किट मौज्दात छ । दैनिक पाँचदेखि सात हजारका दरले परीक्षण हुन थालेकाले बढीमा एक साताभन्दा धान्न नसक्ने देखिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy