नयाँ दिल्ली । भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले भारतका कोभिड १९ का सङ्क्रमितहरुमा निको हुने प्रतिशत ५८ रहेको जानकारी दिएका छन् । उनले भनेका छन्– यहाँका कोभिड १९ का सङ्क्रमितहरुमध्ये ५८ प्रतिशतलाई निको भएको छ ।
भारतमा शनिबारसम्ममा कम्तीमा पनि पाँच लाखलाई कोभिड १९ को सङ्क्रमण भएको र तीमध्ये कम्तीमा पनि तीन लाख मानिस निको भएर घर फर्र्किएका छन् । उनका अनुसार शनिबारसम्ममा यहाँका करिब तीन लाख सङ्क्रमितलाई निको भएको छ । अरु पनि धेरै जना यसबाट निको भएका र घरजाने अन्तिम तयारीमा रहेका जानकारी पनि उनले दिए ।
भारतका विभिन्न आठ राज्यका ती नागरिक निको भएर घर फर्किएका छन् । त्यसैगरी भारतमा निधन भएकाहरुमा ८७ प्रतिशत जति तिनै राज्यका नागरिक रहेका पनि उनले बताएका छन् ।
त्यसैगरी उनले भारतमा सङ्क्रमितहरुको मृत्यु दर तीन प्रतिशत मात्र रहेको बताएका छन् ।
उनले यहाँ मृत्यु दर जम्मा तीन प्रतिशत छ र यो निकै नै कम हो उनले भनेका थिए । यहाँ पहिलेको तुलनामा दोब्बर हुने दर पनि बढेको उनले बताए । उनले १९ दिनमा यहाँका सङ्क्रमितको संख्या दोब्बर हुने गरेको जानकारी पनि दिएको समाचारमा जनाइएको छ ।
यहाँ कोरोना सङ्क्रमणको परीक्षण गर्ने संख्या पनि बढेको जानकारी उनले भने। यहाँका १ हजार २० प्रयोगशालामा शुक्रबार मात्र २ लाख ३० हजार जनाको परीक्षण गरिएको उनले जानकारी दिए।
उनले धरै भन्दा धेरै जनाको कोरोना परीक्षणको व्यवस्था सरकारले मिलाएको जानकारी पनि गराए ।
भारतमा शनिबारसम्म कोरोना सङ्क्रमणबाट पाँच लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । त्यसैगरी सो सङ्क्रमणबाट १५ हजार जना भन्दा बढीको ज्यान गएको छ । यहाँ गएको २४ घन्टायतामात्र १८ हजार भन्दा बढी नागरिक सङ्क्रमित भएको भेटिएका छन् । यो एकै दिन सङ्क्रमित भएकाहरुमा सबैभन्दा बढी संख्या हो ।
यहाँ गएका केही दिनयतादेखि हरेक दिन कम्तीमा पनि १४ हजार जना सङ्क्रमित हुने गरेका छन् । पछिल्लो समयमा यहाँ थपिएका विरामीहरुका कारण भारतको अवस्था भयावह हुने देखिएको पनि बताइएको छ ।
स्वास्थ्य मन्त्री हर्षवर्धनले शनिबार कोरोना भाइरसको उपचारका लागि समन्वय गर्नुपर्ने भन्दै भारतका केन्द्रीय सरकार मन्त्रीहरुसँग भर्चुअल बैठक गरेका थिए। त्यसक्रममा उनले भारत सरकारले सङ्क्रमणको नियन्त्रणका लागि सक्दो प्रयासहरु गरिरहेको बताएको समाचारमा जनाइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: