काठमाडौँ। गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पती छानबिन आयोगले काम अघि बढाउन बाटो खुलेको छ ।
आयोगलाई काम अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्यादेश दिएको हो । कार्यादेशअनुसार सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त वा हटिसकेका उच्च पदाधिकारीको स्वदेश तथा विदेशमा रहेका सम्पतीको विस्तृत छानबिन अघि बढाएको छ ।
सरकारले आयोगलाई दिएको कार्यादेशमा प्रधानमन्त्रीदेखि स्थानीय तहसम्मका जनप्रतिनिधि, सुरक्षा निकाय, निजामती कर्मचारी, कूटनीतिक नियोग, संवैधानिक निकाय, सरकारी बैङ्क तथा संस्थान, विश्वविद्यालय लगायतका पदाधिकारी र तिनका परिवारको सम्पत्ति विवरण सङ्कलन, पुष्ट्याइँ र अनुसन्धान गर्ने अधिकार दिएको छ ।
को–को पर्छन् छानबिनको दायरामा ?
आयोगले तत्कालीन सरकार र वर्तमान नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री, सांसद सदस्य, संविधानसभा सदस्य, संवैधानिक निकायका पदाधिकारी, पूर्वन्यायाधीश, नेपाली सेनाका उच्च अधिकृत, प्रदेश सरकारका पदाधिकारी, स्थानीय तहका प्रमुख–उपप्रमुख, राजदूतावासका कर्मचारीदेखि लिएर निजामती, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका उच्च तहका कर्मचारीसम्मको सम्पत्ति छानबिन गर्नेछ ।यसैगरी नेपाल राष्ट्र बैङ्कका गभर्नरदेखि कार्यकारी निर्देशकसम्म, सरकारी स्वामित्वका बैङ्क तथा संस्थान, प्राधिकरण, बोर्ड, समिति, विश्वविद्यालय र अनुदान प्राप्त निकायका उच्च पदाधिकारी पनि छानबिनको दायरामा परेका छन् । राजनीतिक नेतृत्वका सल्लाहकार, स्वकीय सचिव र निजी सचिवसमेत आयोगको अध्ययनको विषय हुनेछन् ।
आयोगलाई सम्पती छानबिन दुई चरणमा गर्ने जिम्मेवारी दिइएको छ । पहिलो चरणमा आर्थिक वर्ष २०६२/६३ देखि २०८२/८३ चैत मसान्तसम्मको विवरण सङ्कलन र जाँचबुझ हुनेछ भने दोस्रो चरणमा वि.सं.२०४८ देखि २०६१ र ६२ सम्मको सम्पत्ति अध्ययन गर्न कार्यदेश दिइएको छ ।
कसरी हुन्छ छानबिन ?
आयोगले पैत्रिक सम्पती, वैधानिक आय स्रोत र त्यसबाट भएको वृद्धिसमेतको गहन विश्लेषण गरेर सम्पत्ति यकिन गर्नेछ । साथै, विदेशमा लुकाइएको वा पठाइएको सम्पत्तिको पनि अनुसन्धान गर्ने अधिकार आयोगलाई दिइएको छ ।छानबिन गोप्य रूपमा गरिनेछ र सम्बन्धित व्यक्तिको व्यक्तिगत तथा सार्वजनिक मर्यादामा असर नपर्ने गरी प्रक्रिया अगाडि बढाउनेछ ।
आयोगले उजुरी परेका, विभागीय कारबाही भोगेका, अस्वाभाविक रूपमा उच्च आर्थिक हैसियत भएका, विचौलियाको भूमिका खेलेका तथा कर, राजश्व, भूमि र यातायातजस्ता संवेदनशील निकायमा लामो समय काम गरेका कर्मचारीलाई प्राथमिकताका साथ छानबिन गर्न कार्यादेश प्रधानमन्त्री कार्यालयले दिएको छ ।
यदि छानबिनका क्रममा कुनै पदाधिकारी वा कर्मचारीले भ्रष्टाचार वा गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको प्रमाण भेटिएमा त्यस्तो सम्पत्तिको विस्तृत विवरण तयार गरी सम्बन्धित निकायमा थप अनुसन्धान र कारबाहीका लागि सिफारिस गर्ने अधिकार आयोगलाई दिइएको छ ।
आयोगको कार्यक्षेत्र बाहिर रहेका बहालवाला न्यायाधीश वा नेपाली सेनासम्बन्धी उजुरी आएमा सम्बन्धित निकायमा अनुसन्धानका लागि पठाउन भनिएको छ ।
साथै, भ्रष्टाचारको उच्च जोखिम भएका व्यक्तिहरू पहिचान गरी छानबिनको दायरा निर्धारण गर्ने जिम्मेवारी पनि आयोगलाई दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - १३:१३
काठमाडौं । सामाजिक सद्भाव र शान्ति कायम राख्न प्रमुख नौ राजनीतिक दलले प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संवाद अघि बढाउने निर्णय गरेका ...
श्रावण १३ गते, २०८३ - १२:५०
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको छानबिन गर्न गठित सरकारी समिति बुधबार घटनास्थल पुगेको छ। समितिले घटनास्थलको नि...
श्रावण १३ गते, २०८३ - १२:३६
काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दललाई प्राप्त मतका आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने व्यवस्था गर्न...
श्रावण १३ गते, २०८३ - १२:१०
पर्सा। वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्...
श्रावण १३ गते, २०८३ - १२:०३
नेपालगन्ज। बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी ...
श्रावण १३ गते, २०८३ - ११:५३
ढल्केबर। धनुषाको दुर्गम क्षेत्र मानिने गणेशमान चारनाथ नगरपालिका–५ मा पहिलो पटक प्रतिनिधि सभा सदस्य राजकिशोर महतो पुगेको छन्। त्यस क्षेत्रको स्थलगत अवल...
श्रावण १३ गते, २०८३ - ११:३४
कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्डमा ट्रकको ठक्करबाट मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ।...
श्रावण १३ गते, २०८३ - ११:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सुनसरी घटनापछि मुलुकमा सामाजिक सद्भाव कायम राख्नु अहिलेको सबैभन्दा ठूलो आवश्यक...
श्रावण १३ गते, २०८३ - ११:०४
काठमाडौं । सुनसरीसहित देशका विभिन्न स्थानमा भएका पछिल्ला घटनाका विषयमा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलले संयुक्त अपिल जारी गर्ने निर्णय गरेक...
श्रावण १३ गते, २०८३ - १०:५६
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु १...



प्रतिकृया लेख्नुहोस्: