Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

लकडाउन उल्लङ्घन गरेको आरोपामा पुलिसको कुटपिटबाट बुबा–छोराको मृत्यु

नयाँ दिल्ली। लकडाउन उल्लङ्घन गरेको आरोपामा भारतीय प्रहरीले पक्राउ गरेका बुबा–छोराको मृत्यु भएको छ । जसका कारणतमिलनाडु राज्यभर आक्रोश छ । यस घटनाको सम्बन्धमा प्रदर्शनहरू भएका छन् र मानव अधिकार आयोगले प्रहरीलाई सूचना पठाएको छ ।

५८ वर्षीय पी जयराज र उनका छोरा ३८ वर्षीय बेनिक्सलाई लकडाउनमा पनि पसल खुला गरेको आरोपमा पक्राउ गरिएको थियो । उनीहरूलाई पुलिस हिरासत कुटपिट गर्दै मारेको आरोप प्रहरीमाथि लगाइएको छ ।

जयराज र बेनिक्सलाई रातभर पुलिस हिरासतमा राखियो । दुई दिनपछि दुबैको मृत्यु भयो । बुबा–छोरोको मृत्युको बीचमा केहि घण्टाको भिन्नता रहेको थियो ।

आफन्तहरूले दुबैलाई हिरासतमा लिएर यातना दिँदा मृत्यु भएको आरोप लगाएका छन् । लमिलनाडुमा कोरोना भाइरसको कारण लकडाउन अझै लागू छ ।

लकडाउनमा देशका धेरै ठाउँहरूबाट पुलिस क्रुरता र यातनाका विरुद्व मुद्दाहरू सार्वजनिक भइरहेका छन् । यस घटनाले फेरि पुलिसको मनोवृत्तिबारे बहसलाई शुरू गरिदिएको छ ।

जयराज थुटुकुडी तूतीकोरिन जिल्लाको सतनकुलमका निवासी थिए । सतनकुलममा उनका छोरा बेनिक्सको एपीजे मोबाईल भनिने सानो मोबाइल पसल छ ।

शुक्रवार १९ जुन, जब पुलिसहरू यस क्षेत्रमा पसलहरू बन्द गर्न आए, बेनिक्ससँग उनीहरूसँग बहस भयो । त्यसपश्चात सतानाकुलम पुलिसले बेनिक्स र उसको बाबुको विरुद्ध एफआईआर दर्ता ग¥यो, त्यसपछि जयराजलाई पुलिस स्टेशन लगियो । बीबीसी

\"\"

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy