स्याङजा । देशभर राष्ट्रिय धान दिवसको चर्चा चलिरहेका बेला स्याङ्याजामा भने यतिबेला पञ्चेबाजा बजाएर किसानले सडकमै धान रोपेको विषयले चर्चा पाएको छ । आफ्नो घर अगाडिको सडक वर्षौँ बितिसक्दासम्म पनि कालोपत्र हुन नसक्दा हिलाम्मे सड्कबाट आजित भएका स्थानीयवासीले सडकमै धान रोपेर साङ्केतिक विरोध जनाएका छन् ।
स्याङ्जाको वालिङ हुँँदै पर्वतको हुवास जाने सडकखण्डको वालिङ नगरपालिका–९ पिपलटारीका स्थानीय बासिन्दाले सोमबार सडकमा पञ्चेबाजासहित धान रोपेपछि हेर्नेको घुइँचो नै लागेको थियो । सडक निर्माण भएको २७ वर्षसम्म पनि सडकको स्तरोन्नति नभएको भन्दै स्थानीय युवा क्लब र आमा समूहमा आबद्ध महिलासँगै सर्वसाधारणले सडकको स्तरोन्नतिको माग गर्दै सडकमा धान रोपेर विरोध जनाएका हुन् ।
पटक–पटक सडकको स्तरोन्नतिका लागि स्थानीय नगरपालिका प्रदेश र सङ्घीय सरकारले समेत चासो नदेखाएको स्स्थानीयवासीको गुनासो छ । स्थानीय पुरन गैरेले सडकको स्तरोन्नति नहुँदा स्थानीयवासीसँगै यस सडक भएर यात्रा गर्ने यात्रुलाई निकै समस्या भएको बताए । गैरेले भने, “हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे सडकका कारण सडक छेउछाउका घरमा बस्न सक्ने अवस्था छैन, सरकारले हाम्रो सडक स्तरोन्नति गर्नुपर्ने मागलाई सुनोस् ।”
पर्वतको दक्षिणी भेगका सर्वसाधारण बुटवल, पोखरा जानका लागि सोही सडक भएर आवतजावत गर्छन् भने वालिङ हुवास सडकखण्डमा दैनिक सयौँको सङ्ख्यामा चल्ने सवारी साधनले सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: