Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

लाखौँ सिरियाली नागरिक भोकमरी संकटमा पर्न लागेको अन्तर्राष्ट्रिय संस्थाहरुको भनाई

दमासकस । लाखौ सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन् । गएको करिब एक दशकदेखि गृह युद्धमा फसेको सिरियामा लाखौँ नागरिक खाद्य संकट झेल्नु परिरहेको भन्दै आगामी केही समयमै उनीहरु भोकमरीको संकटमा पर्न लागेको जानकारी दिएका छन् ।

नर्वेजियन शरणार्थी परिषद, अक्सफाम, केयर लगायतका विश्वका गैरसरकारी संस्थाहरुले सिरियामा कम्तीमा पनि ९० लाख शरणार्थीहरु भोकमरीको समस्यामा पर्न लागेका जनाएका छन् । उनीहरुले यस्तो संकट निकै नजिकै आइरहेको भन्दै यसका लागि आवश्यक सहयोग गर्न दाता राष्ट्रहरुका साथै अरु पनि आवश्यक संघसंस्थाहरुलाई आग्रह गरेका छन् ।

पश्चिमा शक्ति राष्ट्रहरुले द्धन्द्धग्रस्त सिरियामा मानवीय सहायताका सामग्री तत्काल पठाउन संयुक्त राष्ट्रसंघलाई यसअघि नै आग्रह गरेका थिए । सिरियन सरकार अन्तर्राष्ट्रिय दाताबाट प्राप्त सामग्रीको व्यवस्थित वितरण गर्न असक्षम रहेको भन्दै बेलायत, फ्रान्स र अमेरिकाले हवाई मार्गबाट भएपनि त्यहाँका केही स्थानमा सहायता सामग्री पुर्याउन विगतदेखि नै राष्ट्रसंघलाई आग्रह गरेका हुन् ।

केही महिना मात्र अघि पनि सिरियामा कार्यरत इन्टरनेशनल सिरिया सहयोग समूहले समस्याग्रस्त क्षेत्रहरुमा खाद्यान्नलगायतका सहायता सामग्री नपुर्याए गम्भीर मानवीय संकट आउन सक्ने बताएको थियो ।

सिरियाका विद्रोही समूहको नियन्त्रणमा रहेका त्यहाँका दरायालगायतका क्षेत्रमा विगतदेखि नै निकै थोरै मात्रामा सहायता सामग्री वितरण गरिएको र त्यसमा खाद्यान्न समेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका थिए ।

ती स्थानहरुमा सरकारले हवाई मार्गबाट सामान पठाउने बारेमा पनि पटक पटक राष्ट्रसंघको सुरक्षा परिषदमा विगतदेखि नै छलफलहरु हुने गरेको थियो । अहिले पछिल्लो समयमा आएर पनि खाद्यान्नको अभावका कारण सिरियाका कैयौँ क्षेत्रहरुमा भोकमरीको फैलिएको छ । अबका केही सममयै भोकमरीको अवस्था कम्तीमा पनि ९३ लाख सिरियाली नागरिकसम्म पुग्नसक्ने बताइएको हो ।

द्धन्द्धग्रस्त सिरियाका ५० लाखभन्दा बढी मानिसले कष्टकर जिवन विताइरहेको राष्ट्रसंघले जनाएको छ । तीमध्ये विभिन्न समुहद्धारा नियन्त्रित क्षेत्रमा बसोबास गर्ने १० लाखभन्दा बढीको अवस्था झन् नाजुक बन्दै गएको पनि पाइएको छ ।

हाल सिरियामा कोरोना भाइरसका कारण उत्पन्न संकटका कारण पनि खाद्य सामग्रीहरु अभाव भएको हो । कैयौँ सिरियालीहरुलाई तत्कालै दाता समूह, संयुक्त राष्ट्रसंघ आदिले खाद्यान्न प्रदान गर्ने काममा राम्रोसँग नहेर्ने हो भने यसले यहाँका लाखौँलाख नागरिकलाई समस्यामा पार्ने निश्चित देखिएको ती दाताहरुले जनाएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending