काठमाडौ । सरकारले कोभिड १९– को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकिएका सात वटा अस्पतालले मात्र कोभिड १९ बिरामीका लागि आकस्मिक सेवा दिएको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि तोकेको ३० मध्ये सात अस्पतालले मात्र कोभिड १९ को आस्कमिक उपचारको व्यवस्था गरिएको पाइएको परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले जानकारी दिए । अध्ययनमा २३ वटा कोभिड १९ डेडिकेटेड अस्पतालले कोभिड १९ का बिरामीलाई आकस्मिकसेवा नदिएको पाइएको छ । सरकारले कोभिड १९ को उपचारका लागि देशभरिका ३० ठूला अस्पताललाई कोभिड १९ डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ ।
अध्ययनमा कोभिड १९ डेडिकेटेड अस्पताल भनी २५ वटा अस्पतालले मात्र कोभिड १९ सँग सम्बन्धित कार्य सञ्चालन गरेको पाइएको छ । अन्य पाँच अस्पतालले कोभिड १९ सँग सम्बन्धित कार्य नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । चार अस्पतालले गैर कोभिड १९ बिरामीलाई वैकल्पिक अस्पतालमा सार्ने गरेको पाइएको छ । अध्ययनमा डेडिकेटेड अस्पतालमध्ये २० अस्पतालमा सघन उपचार कक्ष र सात अस्पतालमा उच्च परिनिर्भरता कक्ष (एचडियु) रहेको पाइएको छ । ती २० अस्पतालमा २३५सघन उपचार कक्ष र सात अस्पतालमा ९७ कक्ष एचडियु रहेको छ ।
यसैगरी १७ अस्पतालमा ९८ भेन्टिलेटर रहेका छन । अन्य १३ अस्पतालमा भने भेन्टिलेटर छैन । ती मध्ये १९ अस्पतालले कोभिड १९ को सङ्क्रमण रोकथाम समिति गठन गरेका थिए । अध्ययनमा ९६।७ प्रतिशत अस्पतालले कोभिड १९ व्यवस्थापन समूह, ९३.३ प्रतिशतले कोभिड १९ सम्बोधन योजना बनाएका थिए ।
यस्तै ती अस्पतालमा ७२९ आइसोलेसन र एक हजार ९२६ श्यया रहेका छन् । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालका अनुसार अस्पतालमध्ये एक चौधाई भन्दा बढी (३० प्रतिशत) अस्पतालमा कोभिड १९ को नमूना परीक्षण गर्ने व्यवस्था नरहेको पाइएको छ । यस्तै १३।३ प्रतिशत अस्पतालमा मात्र कोभिड १९– को नमूना सङ्कलनका लागि छुट्टै क्षेत्र तोकिएका छन् ।
तोकिएका अस्पतालमध्ये १० अस्पतालमा मात्र पिसिआर र १७ अस्पतालमा आरडिटी परीक्षणको व्यवस्था रहेको छ । मन्त्रालयले कोभिड १९– को रोकथाम र नियन्त्रणका लागि ९३ वटा अस्पतालमा कोभिड १९ क्लिनिक सञ्चालन गरेको छ । ती मध्ये ५२ वटा क्लिनिकले मात्र २४ सै घण्टा सेवा उपलब्ध गराएको अनुसन्धानका क्रममा देखिएको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा धिमालले बताए ।
अध्ययनका अनुसार १९ क्लिनिकले मात्र सङ्क्रमण रोकथाम समिति गठन गरेर काम गरिरहेका छन् । ती क्लिनिकलमा १३ हजार ७२४ श्यया, एक हजार १८५ आइसोलेसेन, ३५ क्लिनिकलमा ८०९ सघन उपचार कक्ष र ३१४ भेन्टिलेटर, १० वटा क्लिनिकलमा २७९ एचडियु सुविधा रहेको छ । यस्तै अध्ययनले सबै क्लिनिकले कोभिड १९–बाहेकका बिरामीको लागि आकस्मिक सेवा भने उपलब्ध गराएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: