नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाखभन्दा बढी पुगेको छ ।
शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना सङ्क्रमित भएका छन् ।
ती मध्ये २७ हजार ११४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या एकैदिनमा सङ्क्रमित भएकाहरुको सङ्ख्यामध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो ।
पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५१९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
देशभरी कुल सङ्क्रमितमध्ये दुई लाख ८३ हजार ४०७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख १५ हजार ३८६ जना सङ्क्रमणमुक्त भएका छन् भने २२ हजार १२३ जनाको मृत्यु भएको छ । भारतका प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश बढी प्रभावित भएको छ ।
महाराष्ट्रमा मात्रै दुई लाख ३८ हजार ४६१ जना सङ्क्रमित हुदाँ दोस्रो धेरै सङ्क्रमित भएको तमिल नाडुमा एक लाख ३० हजार २६१ जना र तेस्रो धेरै सङ्क्रमित भएको दिल्ली प्रदेशमा एक लाख नौ हजार १४० जना सङ्क्रमित भएका छन् ।
विश्वभरीको तथ्यांक हेर्दा भारत तेस्रो धेरै सङ्क्रमितहरु रहेको देशमा पर्दछ । भारतमा भन्दा धेरै अमेरिका र ब्राजिलमा सङ्क्रमित रहेका छन् ।
निको भई घर फर्किनेको सङ्ख्या ६२।४२ प्रतिशत, मृत्यु दर २।७२ प्रतिशत
भारतमा कोभिड–१९ सङ्क्रमितमध्ये ६२।४२ प्रतिशत व्यक्ति उपचारपछि निको भई घर फर्किएका भारतको संघीय मन्त्रालयले शुक्रबार बताएको छ । मृत्यु दर २।७२ प्रतिशतमा झरेको बताइएको छ ।
देशका १८ राज्यहरूमा सङ्क्रमित निको हुनेको राष्ट्रिय दरभन्दा औसत दर बढी रहेको बताइएको छ । त्यस्तै विभिन्न ३० राज्यमा मृत्युदर राष्ट्रिय तथ्याङ्कभन्दा कम रहेको छ ।
निको भई घर फर्किनेको सङ्ख्या राष्ट्रिय तथ्याङ्कभन्दा बढी हुने राज्यहरू, पश्चिम बङ्गालमा ६४।९४ प्रतिशत, उत्तर प्रदेशमा ६५।२८ प्रतिशत, उडिसामा ६६।१३ प्रतिशत, मिजोराममा ६७।५१ प्रतिशत, झारखण्डमा ६८।०२ प्रतिशत, पञ्जाब ६९।२६ प्रतिशत, बिहार ७०।४० प्रतिशत, गुजरात ७०।७२ प्रतिशत,मध्य प्रदेह ७४।८५ प्रतिशत, हरियाणा ७४।९१ प्रतिशत, त्रिपुरा ७५।३४ प्रतिशत, राजस्थान ७५।६५ प्रतिशत, दिल्ली ७६।८१ प्रतिशत, चण्डीगढ ७७।०६ प्रतिशत, छत्तीसगढ ७८।९९ प्रतिशत, उत्तराखण्ड ८०।८५ प्रतिशत, लद्दाख ८६।७३ प्रतिशत र हिमाञ्चल प्रदेश ७४।२१ प्रतिशत रहेको छ ।
त्यस्तै सङ्क्रमित मृत्यु भएको राष्ट्रिय औसत तथ्याङ्क २।७२ प्रतिशतभन्दा कम हुने राज्यहरूमा मणिपुर, नागाल्याण्ड, मिजोराम, सिक्किम, त्रिपुरा, दादरालगायत रहेका छन् । सङ्क्रमण दर दुई प्रतिशतभन्दा बढी रहेका राज्यहरूमा राजस्थान, उत्तर प्रदेश, पञ्जाब, तामिलनाडू, जम्मू–कश्मिर, कर्नाटक, हरियाणा रहेका छन् ।
भारतभर एक हजार २१८ कोभिड–१९ विशेष अस्पताल, दुई हजार ७०५ कोभिड–१९ विशेष स्वास्थ्य केन्द्र र १० हजार ३०१ सामान्य कोभिड उपचार केन्द्र स्थापना गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा विगत २४ घण्टामा दुई लाख ८३ हजार ६५९ शङ्कास्पद नमूनाको परीक्षण भएको र अहिलेसम्म एक करोड १० लाख २४ हजार भन्दा बढी व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: