Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

गुल्मीमा १६ गतेदेखि मादक पदार्थ बिक्री रोक

खबरडबली संवाददाता

गुल्मी। गुल्मीमा मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरण र सेवन कार्यलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।

उनका अनुसार सर्वदलीय बैठकमा भएको सहमति अनुसार जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षालाई मध्यनजर राखी यहि फागुन १६ देखि २१ गतेसम्म गुल्मी जिल्लाभित्र मदिराजन्य पदार्थ बिक्रिवितरण र सेवन कार्यमा रोक लगाइएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मदिरा बिक्री–वितरण र सेवन कार्यलाई रोक लगाएको हो।

यस अवधिमा मादक पदार्थ ओसारपसार, बिक्री–वितरण तथा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने बताइएको छ। त्यसैगरी फागु पूर्णिमा (होली पर्व)का अवसरमा हुने अवाञ्छित क्रियाकलाप एवम् सो पर्वका कारण निर्वाचन सुरक्षामा पर्न सक्ने प्रभावलाई विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिले होली पर्वलाई पर्वको सांस्कृतिक महत्वको संरक्षण हुने गरी पारिवारिक रुपमा सानो समूहमा मनाउन र ठूलो जमघटका कार्यक्रमहरु नगर्न आग्रह गरेको छ।

जबरजस्ती रुपमा कसैलाई रङ नलगाउन एवं दुर्गन्धित पानी तथा अन्य निषेधित वस्तुहरुको प्रयोग नगर्न, सामाजिक, सांस्कृतिक एवं राजनीतिक सद्भाव विथोल्ने किसिमका क्रियाकलापहरु सञ्चालन नगर्न सम्पूर्ण जिल्लावासीमा अनुरोध गरिएको छ। होली पर्वका समयमा सद्भाव खलबलिन नदिने गरी निर्वाचन प्रचार–प्रसारका कार्यक्रम नगर्न राजनीतिक दल तथा उम्मेदवारहरुलाई अनुरोध गरिएको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा भारतीय बजार जोगबनीमा नेपालीको भिड

विराटनगर। सरकारले सीमा नाकामा राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा विराटनगरको रानी नाकाबाट नेपाली उपभोक्तालाई आवश्यकताको सामान ल्याउन गाह्रो...

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ - ट्रम्प

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी कायम राख्ने योजना बनाएको बताएको छन् ...

ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु, आमा र कान्छो छोरा अस्पतालमा

धनगढी । कैलालीको चुरे गाउँपालिका–३ मा मरेको ब्रोइलर कुखुराको मासु खाएर एउटै परिवारका दुई बालकको मृत्यु भएको छ। ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भ...

भारतमा मिनी बस दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँ दिल्ली। दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दस जनाको मृत्यु हुनुका साथै अन्य  घाइते भएको अल इन्डिया...

सर्वोच्चको निर्णयपछि खड्काले बोलाए कांग्रेस नेताहरूको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आकस्मिक ब...

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले हालै वृद्धि गरिएको इन्धनको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। म...

सर्वोच्चको निर्णयपछि गगन : यो कुनै जित–हारको विषय होइन, लोकतान्त्रिक अभ्यास

काठमाडौँ । नेपाली कांग्रेस का सभापति गगन थापा ले सर्वोच्च अदालत को पछिल्लो निर्णयले पार्टीभित्र एकता कायम गर्दै अगाडि बढ्ने वातावरण बनेको बताएका छन्। ...

पिउने पानीको मूल्य बढाउने पानी उद्योग महासंघको निर्णय

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानी उत्पादनको लागत अत्यधिक बढेको भन्दै आफ्ना सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ...

महसुल बुझाउनु पर्छ आउँदैन पानी

विराटनगर। विराटनगर महानगरपालिका–६ का सरोचिया टोल निवासी असरद हुसैनको घरमा नेपाल खानेपानी संस्थान अन्तर्गत जडान भएको धारा छ । मासिक रूपमा न्यूनतम महसुल...

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आज (शनिबार)देखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ ।   कामपाका कार्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending