Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

नौबिसे–नागढुङ्गा सडकखण्डको काम अन्तिम चरणमा

खबरडबली संवाददाता

काठमाडौँ। धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे–नागढुङ्गा सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ। हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ।

नौबिसे–नागढुङ्गा सडकखण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाका अनुसार सडकखण्डअन्तर्गत पहिलो प्याकेजमा १२।५ किलोमिटर सडक र दुई वटा पुल निर्माण गर्नुपर्ने थियो। सोहीअनुसार आयोजनाले अधिकांश काम सम्पन्न गरिसकेको छ।

आयोजनाका अनुसार अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गर्नुपर्नेछ। अन्तिम तहको कालोपत्रे सम्पन्न भएपछि सडक सुरक्षासम्बन्धी मापदण्ड तथा रंगरोगनको काम सुरु गरिनेछ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तथा त्यसअघि पर्ने होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ।

खानीखोला क्षेत्रमा निर्माण हुने आकाशे पुलस्थलमा रहेका टहरासम्बन्धी विवादका कारण पनि केही समय निर्माण कार्य ढिलाइ भएको थियो। आकाशे पुल निर्माणलगायत मुख्य कामहरू ३५ दिनभित्र सम्पन्न गर्ने आयोजनाको दाबी छ।

सडक निर्माण स्थानीय बासिन्दासँग जोडिएको विषय भएकाले एउटै विषयमा समाज विभाजित हुँदा निर्माण कार्यमा समस्या हुँदै आएको आयोजनाले जनाएको छ।

आकाशे पुल निर्माणका लागि अधिकांश स्थानीयलाई स्थानान्तरण गरिसकिएकाले अब कामले गति लिने विश्वास आयोजनाले लिएको छ। निर्माण कम्पनी सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक शहदेव खड्काले निर्वाचनका कारण निर्माणमा केही ढिलाइ हुन सक्ने बताए।

यसअघि सडक क्षेत्रमा रहेका विद्युत् पोलका कारण पनि निर्माण कार्य प्रभावित हुँदै आएको थियो। २०७९ सालबाट सुरु गरिएको यो आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा भारतीय बजार जोगबनीमा नेपालीको भिड

विराटनगर। सरकारले सीमा नाकामा राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा विराटनगरको रानी नाकाबाट नेपाली उपभोक्तालाई आवश्यकताको सामान ल्याउन गाह्रो...

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ - ट्रम्प

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी कायम राख्ने योजना बनाएको बताएको छन् ...

ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु, आमा र कान्छो छोरा अस्पतालमा

धनगढी । कैलालीको चुरे गाउँपालिका–३ मा मरेको ब्रोइलर कुखुराको मासु खाएर एउटै परिवारका दुई बालकको मृत्यु भएको छ। ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भ...

भारतमा मिनी बस दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँ दिल्ली। दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दस जनाको मृत्यु हुनुका साथै अन्य  घाइते भएको अल इन्डिया...

सर्वोच्चको निर्णयपछि खड्काले बोलाए कांग्रेस नेताहरूको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आकस्मिक ब...

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले हालै वृद्धि गरिएको इन्धनको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। म...

सर्वोच्चको निर्णयपछि गगन : यो कुनै जित–हारको विषय होइन, लोकतान्त्रिक अभ्यास

काठमाडौँ । नेपाली कांग्रेस का सभापति गगन थापा ले सर्वोच्च अदालत को पछिल्लो निर्णयले पार्टीभित्र एकता कायम गर्दै अगाडि बढ्ने वातावरण बनेको बताएका छन्। ...

पिउने पानीको मूल्य बढाउने पानी उद्योग महासंघको निर्णय

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानी उत्पादनको लागत अत्यधिक बढेको भन्दै आफ्ना सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ...

महसुल बुझाउनु पर्छ आउँदैन पानी

विराटनगर। विराटनगर महानगरपालिका–६ का सरोचिया टोल निवासी असरद हुसैनको घरमा नेपाल खानेपानी संस्थान अन्तर्गत जडान भएको धारा छ । मासिक रूपमा न्यूनतम महसुल...

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आज (शनिबार)देखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ ।   कामपाका कार्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending