Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

दलका सचेतकलाई पनि सुविधा दिने गरी ऐन संशोधन गरिंदै

बुटवल। प्रदेश सभामा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका सचेतकलाई पनि सुविधा दिने गरी प्रदेश ५ सरकारले ऐन संशोधन गर्न लागेको छ । बिहीबारको प्रदेश मन्त्रिपरिषद्को बैठकले सहमति दिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - मन्त्रिपरिषद् बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूचीमा हेरफेर गर्न स्वीकृत दिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

यसअघि प्रदेश संसद्मा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकसम्मलाई सेवा–सुविधा दिने व्यवस्था थियो । अब सचेतकलाई पनि सेवा–सुविधा दिन लागिएको हो । त्यस्तै, प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलका प्रमुख सचेतकलाई पनि सुविधा दिन खोजिएको छ । उनीहरूलाई सामान्य सुविधा दिने गरी ऐन संशोधन गर्न लागिएको प्रवक्ता चौधरीले बताए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले यातायात क्षेत्रमा लाग्ने सबै प्रकारका विलम्ब शुल्क र जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था कार्यालयहरूबाट लिने सवारी दर्ता नवीकरण, जाँचपास, लाइसेन्स नवीकरणलगायत सबै प्रकारका दस्तुरको विलम्ब शुल्क र जरिवाना असोज मसान्तसम्म लाग्ने छैन । लकडाउनका कारण सवारीसाधन चल्न नसकेकाले विलम्ब शुल्क र जरिवाना मिनाहा गर्ने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमातहतका निकायबाट प्रदान गरिने सेवाबापत लिइने सेवा शुल्क तथा दस्तुरहरूको दररेट स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले कृषिमा सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ को पहिलो संशोधन गर्ने निर्णय पनि गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy