कास्की । अविरल वर्षासँगै शुक्रबार बिहान आएको पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका– ८ खोराकोमुख पाखास्थित प्रेम विकको घर पुरिँदा उनका १६ वर्षमुनिका दुई नाति र एक नातिनीको ज्यान गएको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - घरभन्दा दुई सय मिटरमाथिको पाखोबाट खसेको पहिरोले प्रेमको टिनले छाएको घरको एउटा कोठा पुरिएको थियो । त्यही कोठामा सुतेका १४ वर्षीय समीर, १६ वर्षीय कुशल र १६ वर्षीया रेजिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास हमालले बताए । अर्को कोठामा रहेका प्रेम, उनकी पत्नी र एक जना नातेदार भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरू बसेको कोठामा पहिरोले क्षति पुर्याएको छैन ।
मृत्यु भएका तीनजना प्रेमका तीन छोराका छोरा–छोरी हुन् । समीर खेमराजका, कुशल कृष्णका र रेजिना हिरालालकी छोरी हुन् । प्रेमका तीनै छोरा छुट्टाछुट्टै घरमा बस्छन् । समीर हजुरबुबा–हजुरआमासँगै बस्दै आएका थिए । कुशल र रेजिना केही दिनअघि मात्रै बाजेबाज्यैसँग बस्न आएका थिए । स्थानीय बासिन्दा र प्रहरीले पुरिएको अवस्थामा तीनै जनाको शव निकालेका थिए ।
दैलेखमा तीन गम्भीर घाइते
त्यस्तै, पहिरोले घर पुरिँदा दैलेखको ठाँटीकाँध गाउँपालिका–३ विशाला खुडखुडीका तीन जना गम्भीर घाइते भएका छन् । उनीहरूको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
बिहीबार राति आएको पहिरोले स्थानीय रंगबहादुर आलेको घर पुरिँदा उनीसँगै पत्नी चन्द्रा र करिब १६ बर्षिया छोरा घाइते भएका छन् । चन्द्राको ढाड भाँचिएको ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर शाहीले बताए । शाहीका अनुसार रत्नबहादुर र उनका छोराको अवस्था पनि गम्भीर छ ।
घाइतेको उद्धारका लागि प्रहरी टोली शुक्रबार दिउँसो ३ बजे मात्रै गाउँमा पुगेको थियो । वर्षात्ले सडक पूरै भत्किएका कारण एम्बुलेन्स आउन नसकेपछि घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ ।
पहिरोका कारण अन्य १३ घर पनि उच्च जोखिममा रहेको स्थानीय हेमन्त दशौदीले बताए । लगातारको वर्षाले ठाँटीकाँध–३ बाहाकोट बजारका पाँच घर पनि जोखिममा रहेको वडाध्यक्ष शाहीले बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: