पोखरा । प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले जातीय अहङ्कारले समाजमा द्वन्द्व निम्त्याउने बताएका छन् । पोखरा महानगरपालिका–३२ स्थित रुपा विश्वकर्मा सेवा समाजको दुईतले समाज घरको उद्घाटन गर्दै सांसद अधिकारीले जातीय विभेद संविधान विरोधी कार्य भएकाले यसले समाजमा द्वन्द्व सिर्जना गर्ने बताए ।
पूर्वस्वास्थ्यमन्त्रीले भने, “जातीय र धार्मिक विभेद संविधानविरुद्धका काम हुन् । यदि कोही कसैले यसो गरेको खण्डमा राज्यले कसैलाई पनि छाड्दैन ।” नेता अधिकारीले जातीय एवं धार्मिक समानता र स्वतन्त्रतासहितको समाजवादोन्मुख संविधान निर्माण गरिएकाले अब यसको कार्यान्वयन पक्षमा सबैले चासो दिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कानूनले मात्रै पनि सबै समस्याको समाधान नभएको बताउँदै समाज परिवर्तनका लागि सामाजिक चेतना स्तर पनि माथि उठाउनुपर्नेमा जोड दिए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विभेद र हिंसारहित समाजका लागि गाउँपालिका सधैँ अग्रसर हुने बताए ।
विश्वकर्मा सेवा समाजका केन्द्रीय अध्यक्ष गणेश बराइलीले दलित समुदायको विषयलाई अझै पेचिलो बनाउँदै लैजानुपने औँलाए । समाजका अध्यक्ष राजु सुनारका अनुसार भवन निर्माणका लागि रु ५८ लाख २० हजार लागत लागेको छ । स्थानीयस्तरमा देउसीभैलो एवं चन्दा सङ्कलन गरेर तथा सांसद विकास कोष, सहकारी विकास कोष, गण्डकी प्रदेश, पोखरा महानगरपालिका, रुपा गाउँपालिका, साबिक रुपाकोट गाविस, साबिक लेखनाथ नगरपालिकालगायतको सहयोगमा भवन निर्माण गरिएको जनाइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: