Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

एसएसपीलाई सात दिन म्याद थप

पोखरा । युवती बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारीलाई जिल्ला प्रहरी कार्यालयले दोस्रो पटक म्याद थप गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - बलात्कार गरेको आरोपमा ३१ असारमा पक्राउ परेका उनलाई प्रहरीले बुधबार पुनः सात दिन म्याद थप गरेको हो । उनी सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामपाटन पोखराका प्रमुख हुन् ।

यस अघि अधिकारीलाई अनुसन्धानका लागि भन्दै प्रहरीले १ साउनमा सात दिन र बुधबार सात दिन म्याद थप गरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने उनले बताए । अनुसन्धानका लागि प्रहरीले २५ दिनको समय पाउने भएकाले त्यसपछि के गर्ने भन्ने पछि नै थाहा हुने उनको भनाइ छ ।

चितवनकी करिब २७ वर्षकी युवतीले आफूलाई अधिकारीले खाना खान बोलाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा ३१ असार दिउँसो करिब ३ बजे फोनमार्फत जानकारी गराएकी थिइन् ।

त्यसपछि प्रहरीले पीडित युवतीसँग सम्पर्क गरी घटनाबारे थप जानकारी लिएको थियो । साथै, घटनाको प्रकृति, घटनास्थलको अवलोकन र सामान्य अनुसन्धानपछि प्रहरीले एसएसपी अधिकारीलाई पक्राउ गरेको थियो ।

अधिकारीले ती युवतीलाई ३१ असारमा बिहान खाना खान बोलाएका थिए । खाना खाने निम्तो मान्न लामपाटनस्थित अधिकारी बस्ने कार्यालयको क्वार्टरमा बिहान ९ः३० बजेतिर उनी गएकी थिइन् ।

उनले शिक्षालय परिसरबाटै दिउँसो ३ बजेतिर आफू बलात्कार भएको मौखिक उजुरीपछि प्रहरीले अधिकारीको क्वार्टरबाटै गएर ती महिलालाई उद्धार गरेको थियो । केही समयपछि कास्कीका प्रहरी प्रमुख जीवनकुुमार श्रेष्ठसहित गएको प्रहरी टोलीले अधिकारीलाई कार्यालयबाटै पक्राउ गरेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy