Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

व्यवस्थापन समितिबाटै विद्यालयमा तालाबन्दी

सिन्धुली । सिन्धुलीको गोलाञ्जोर गाउँपालिका-५, खनियाखर्कस्थित जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विवाद हुँदा विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घले मङ्गलबार अनिश्चितकालीन तालाबन्दी गरेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार विद्यालयमा कार्यरत प्रधानाध्यापक नवराज थापाले गत फागुनमा पदबाट राजीनामा दिएपछि विद्यालय व्यवस्थापन समितिले प्रअ नियुक्तिका लागि सहायक प्रधानाध्यापक रमेश वर्मालाई सिफारिस गरेको थियो । गाउँपालिकाले विद्यालयमा कार्यरतमध्ये वरिष्ठताका आधारमा शिक्षक सुमन कोइरालालाई प्रअ नियुक्त गरेपछि विवाद उत्पन्न हुँदा तालाबन्दी गरिएको हो ।

असार २७ गते उनको प्रअ नियुक्तिसँगै ६ महिनादेखि रोकिएको शिक्षक तथा कर्मचारीले तलब खान पाएका थिए । उक्त वडाका अध्यक्ष बुद्धिबहादुर पाल्पाली भने विद्यालय व्यवस्थापन समितिका केही व्यक्तिले बखेडा निकालेको बताउँछन् । उनले भने, ‘विद्यालय व्यवस्थापन समिति गठन गर्ने बेलामा उक्त समितिको अध्यक्ष र अभिभावक सङ्घको अध्यक्ष नेकपालाई दिने र विद्यालयको प्रअ नेपाली कांग्रेस निकट शिक्षकलाई दिने सहमति भएको थियो । सोहीबमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घ गठन गरियो ’

अहिले सहमति कार्यान्वयन गर्न खोज्दा विद्यालयको प्रअ पनि आफैँलाई चाहिने भनी नेकपाका व्यक्तिले बखेडा निकालेर विद्यालयमा तालाबन्दी गरेको उनले बताए । अहिले गाउँपालिकाले प्रअ नियुक्त गरेका शिक्षक सुमन कोइराला विद्यालयमा कार्यरत शिक्षकमध्ये सबैभन्दा ज्येष्ठ भएको र प्रअ पनि उनले नै पाउनुपर्ने वडाध्यक्ष पाल्पालीले बताए ।

गत असार १८ गते एसईईको नम्बर पठाउन सामान्य छलफल भनी विद्यालय व्यवस्थापन समितिको बैठक बोलाई खाली माइन्युटमा सदस्यलाई सही गर्न लगाएरपछि रमेश वर्मालाई प्रअ बनाउने निर्णय गरेर गाउँपालिकामा पेस गरेको समेत पाइएको वडाध्यक्ष पाल्पालीले जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy