Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कृषिमा बेथिति : परामर्शमै १० अर्ब स्वाहा

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन्।  किसानका नाममा सीमित व्यक्ति-समूह मालामाल भएको यसले देखाएको छ। 

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - यी आयोजना किसानको उन्नति र खाद्य तथा पशुपन्छी उत्पादनमा आत्मनिर्भरताका नाममा वैदेशिक दातृ निकाय र सरकारको खर्चमा सञ्चालनमा छन्। परामर्श सेवाका नाममा कुल बजेटको १ प्रतिशतदेखि ४० प्रतिशतसम्म खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले यो विषयलाई गम्भीर भनेको छ। 

आईफ्याडको सहयोगमा कृषि क्षेत्र विकास कार्यक्रम, उच्च मूल्य कृषि वस्तु विकास आयोजना र किसानको लागि उन्नत बीउबिजन कार्यक्रम सञ्चालित छन्। विश्व बैंकको सहयोगमा जलवायु प्रकोप समुत्थान निर्माण आयोजना, कृषि तथा खाद्य सुरक्षा आयोजना, व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट), नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना छन्।  

आईडीएको सहयोगमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, एडीबीको सहयोगमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना र उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना सञ्चालित छन्।  यसमध्ये कतिपयको अवधि सकिएको छ। 

आयोजना सञ्चालन गर्दा सरकारी निकायमा उपलब्ध जनशक्तिको उपयोग गरी परामर्शदाता खर्चमा कमी ल्याउनुपर्ने सुझाव महालेखाले आफ्नो प्रतिवेदनमार्फत दिएको छ। यस्ता आयोजनाले कुल लगानीको झन्डै ७५ प्रतिशत प्रशासनिक क्षेत्रमा र २५ प्रतिशत मात्रै किसानको हकमा प्रत्यक्ष लगानी गर्ने गरेको फेला परेको छ। 

आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म ९ अर्ब ९४ करोड ९० लाख रुपैयाँ परामर्श सेवा शीर्षकमा सकिएको छ।  

प्रतिवेदनअनुसार २०७५/७६ मा ८ आयोजनाले १ अर्ब ९४ करोड २९ लाख रुपैयाँ यो शीर्षकमा सकाएका छन्।  

प्रतिवेदनले समावेश गरेको तथ्यांकअनुसार व्यावसायिक कृषि तथा व्यापार आयोजनाले ८१ करोड ५२ लाख रुपैयाँ सकेको छ। 

यस्तै, उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले ३५ करोड ८९ लाख, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले २६ करोड २८ लाख, किसानका लागि उन्नत बीउ बिजन कार्यक्रमले २१ करोड २८ लाख, जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले १६ करोड ४३ लाख, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले १२ करोड १७ लाख, कृषि क्षेत्र विकास कार्यक्रमले ६७ लाख र खाद्य तथा पोषण सुधार आयोजनाले ५ लाख रुपैयाँ खर्च गरेका छन्।  

यसमध्ये चार आयोजनामा २४ व्यक्तिलाई व्यक्तिगत रूपमा छनोट गरी २ करोड ७७ लाख २१ हजार रुपैयाँ भुक्तानी गरेको पाइएको छ। 

‘दातृ निकायसँगको सम्झौतामा वैदेशिक सहायताबाट कृषकलाई अनुदान वितरण गर्न परामर्श सेवाको अनिवार्यताले सरकारी निकायमा कार्यरत जनशक्तिको उपयोग अवस्था न्यून छ’, महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा भनिएको छ, ‘आयोजना सञ्चालन गर्दा सरकारी निकायमा उपलब्ध जनशक्तिको उपयोग गरी परामर्शदाता खर्चमा कमी ल्याउनुपर्छ। ’

परामर्श सेवाको नाममा अपारदर्शी रूपमा खर्चिने रकम यतिमै सीमित छैन।  आर्थिक वर्ष २०७४/७५ मा यो शीर्षकमा सर्वाधिक खर्च गरेको पाइएको छ।  उक्त वर्ष २ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ खर्र्चिएको प्रतिवेदनमा उल्लेख छ। त्यसमा सबैभन्दा बढी कृषि तथा खाद्य सुरक्षा आयोजनाले ९७ करोड ९८ लाख रुपैयाँ खर्चेको छ।  

यसपछि व्यावसायिक कृषि तथा व्यापार आयोजनाले ८० करोड ९४ लाख, उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले ३५ करोड १६ लाख, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले २३ करोड ९० लाख, जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले १३ करोड ९७ लाख खर्च गरेका छन्। 

राज्यले विदेशी दातृ निकायलाई रिझाउन र रिझाएर काम लिने परामर्श सेवा (कन्सलटेन्सी)का नाममा एकीकृत जलस्रोत व्यवस्थापन आयोजनाले ३ करोड ३७ लाख, उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजनाले ५ करोड ११ लाख र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले ६५ लाख रुपैयाँ सकाएका छन्। 

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending