Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

लकडाउन त खुल्यो तर काेराेनाकाे जोखिम बढ्यो

‘लकडाउन हटाउन विश्व स्वास्थ्य संगठनले तोकेका चार मापदण्ड पूरा गरिनु पर्थ्याे, गरिएन’

काठमाडौं । संक्रमण रोकथामका लागि आवश्यक आधार तयार नगरी सरकारले लकडाउन हटाएकाले जोखिम झनै बढेको विज्ञहरूले बताएका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ - उनीहरूले कुनै पनि बेला कोभिड–१९ संक्रमणको विस्तार व्यापक हुन सक्ने चेतावनी दिएका छन् । लकडाउन खोलेपछि संक्रमितको संख्या अझै बढ्ने भए पनि त्यसअनुसारको सबै तयारी सरकारबाट हुन नसकेकोमा उनीहरूको गम्भीर आपत्ति छ ।

‘अहिले संक्रमित दिनहुँ देखिराखेकै अवस्था छ, बुधबार पनि सरकारले दुई जनाको मृत्यु भएको बताइरहेको छ । यस्तोमा लकडाउन टुंगियो भन्दा अलि नमिलेजस्तो देखिन्छ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने, ‘लकडाउन खोल्न केही आधारहरू पूरा गर्नैपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत चार वटा आधार भए मात्र लकडाउन हटाउन सकिने भनेको छ, तर नेपालले यो पालना गरेन ।’

डा. कार्कीका अनुसार डब्लूएचओले तोकेको आधारअन्तर्गत लकडाउन हटाउन संक्रमितको संख्या अत्यन्तै कम हुनुपर्नेछ । लकडाउन हटाएपछि जोखिम अझै बढ्ने भएकाले संक्रमितको उपचार गर्न विशेष र अत्यन्तै राम्रो हिसाबले अस्पतालको तयारी गरिनु पर्छ ।

स्वास्थ्य जनशक्ति, भेन्टिलेटर, आईसीयू बढाउनु पर्छ । पीसीआर परीक्षणको दायरा व्यापक बनाउनुपर्छ । लकडाउन खुलेपछि आम व्यक्ति काममा फर्कने भएकाले कार्यालय वा कार्यस्थलमा सुरक्षित साथ काम गर्ने वातावरण सम्बन्धित कार्यालयले मिलाउनु पर्छ ।

कार्यालयमा कर्मचारी संक्रमणबाट जोगिने सुनिश्चितता हुनुपर्छ । लकडाउनपछि कसरी सुरक्षित हुने भन्नेबारे सर्वसाधारण सुसूचित हुनुपर्छ । लकडाउन खुलेपछि नयाँ सामान्यीकरणमा सुरक्षित हुने वातावरण राज्य र सम्बन्धित निकायले बनाउनुपर्छ ।

‘डब्लूएचओले तोकेका चारवटै आधार पूरा भएको सुनिश्चिततापछि मात्र लकडाउन खोल्ने हो,’ डा. कार्कीले भने, ‘अरू त अरू, तर हामीकहाँ लकडाउन हुँदा र खुलेपछि बिरामीको उपचारका लागि अस्पतालको तयारीसमेत खासै फरक छैन ।’

सरकारले डब्लूएचओका कुनै पनि आधार पूरा नगरेकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘अब कुनै पनि बेला संक्रमित संख्या बढ्न सक्छ र पुनः लकडाउनमा फर्किनुपर्ने हुन सक्छ ।’

विभिन्न मुलुकको अनुभव, अन्तर्राष्ट्रिय मापदण्ड र डब्लूएचओको सुझावअनुसार लकडाउन खोलेपछि संक्रमितको संख्या बढ्ने गरेको छ । ‘संक्रमित बढ्छ भनेर हेक्का राखेर, सबै पूर्वतयारी गरेर मात्र लकडाउन खोल्ने हो, हामीकहाँ लकडाउन सुरु भएका बेला र अहिलेको अवस्था तुलना गरेर हेर्ने हो भनेपछि आईसीयू र भेन्टिलेटर संख्यासमेत बढेको छैन,’ डा. कार्कीले भने ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले पनि जोखिम झनै बढेको बताए । ‘देश काठमाडौं मात्र हैन । हालसम्म समुदायमा संक्रमणको अवस्था जान्न स्क्रिनिङ गर्न सकेका छैनौं । समुदायमा संक्रमण छ–छैन सुनिश्चित गरेपछि मात्र लकडाउन खोलिनुपर्थ्याे । बारा, पर्साकै कुरा गर्ने हो भने पनि एकै दिन ५० जनासम्म संक्रमित देखिने गरेका छन् ।’ सरकारले विज्ञहरूको सहयोग नलिएकाले ‘स्थिति भयावह हुन सक्ने’ उनले भनाइ छ ।

सरकारले अर्थतन्त्र चलायमान बनाउन लकडाउन खोलेको देखिएको स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. प्रवीण मिश्रले बताए । ‘सरकारले योजनाबद्ध रूपमा लकडाउन खोल्नु पथ्र्यो, सायद आर्थिक अवस्था हेरेर खोलियो,’ उनले भने, ‘अब लकडाउन खुलेपछि अपनाइने सरकारी मापदण्ड पूर्ण पालना गर्नुपर्छ, घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षाको उपाय नअपनाए स्थिति भयावह हुन सक्छ ।’

गरिब र विकासोन्मुख राष्ट्रलाई निःशुल्क खोप उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन’ (गाभी) र ‘डब्लूएचओ’ का माध्यमबाट सरकारले कोरोनाविरुद्घको खोप मगाउन पहल गर्नुपर्ने औंल्याउँदै डा. मिश्रले भने, ‘र, खोप आउनुअघि स्वास्थ्य सुरक्षाका प्रोटोकल सबैले पालना गर्नुपर्छ–गराउनु पर्छ ।’

सरकारले समयमै पहल गरे कोरोनाको खोप नेपालले समयमै पाउन सक्नेमा उनले जोड दिँदै भने, ‘हाम्रा लागि दुई करोड मात्रा खोप पर्याप्त छ र यो हामी पाउन सक्छौं ।’ हाल बेलायतलगायत देशमा कोरोनाको खोप परीक्षण अन्तिम चरणमा पुगेको छ ।

अर्थ व्यवस्था बचाउन लकडाउन खोलिएको जनाउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘सबैले स्वास्थ्य मापदण्ड पालना नगरे संक्रमण व्यापक हुन्छ । समुदायमा फैलियो भने हाम्रो हालत वुहान (चीन) भन्दा पनि खराब हुनेछ ।’

कोरोना मुलुकबाट छिटो नजाने र कुनै न कुनै रूपमा रहिनै रहने औंल्याउँदै वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानीले भने, ‘हरेक नागरिक जिम्मेवार हुनुपर्‍यो । घरबाहिर निस्कँदा, दुई मिटर सामाजिक दूरी कायम गर्नुपर्‍यो । मास्क लगाउनु पर्‍यो । निरन्तर साबुनपानीले हात धुनुपर्‍यो ।’ हेर्दा सामान्य लागे पनि यसो गर्न सके कोरोना फैलिन नदिन ठूलो सघाउ पुग्ने उनले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy