Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

वायुसेवा कम्पनी भन्छन् : ढुक्कले जहाज चढ्नुस्

काठमाडौँ । सरकारले आगामी भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका सबैखाले तयारी गरिरहेका छन् ।

कोभिड–१९ सङ्क्रमबाट जोगिएर सुरक्षित हवाई सेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिरहेका हुन् । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयर, श्री एयरलाइन्सलगायतले आन्तरिक उडानलाई सुरक्षित र भरपर्दो बनाउनका लागि स्वास्थ्य प्रोटोकललगायत मापदण्डको अभ्यासलाई निरन्तरता दिइरहेका छन् ।

बुद्ध र यतीले दुई महिनाअघि देखि कोभिड महामारीबाट कसरी सुरक्षित उडान गर्ने भनेर कर्या यात्रुका लागि अभ्यास उडान ‘डेमो’ उडान गर्दै आएका छन् । सातामा दुई पटकसम्म अभ्यास उडान गरिँदै आएको कम्पनीले जनाएका छन् । हवाई यात्रा गर्नेले अनिवार्य मास्क, फेससिल्ड, सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ । मास्क र सेनिटाइजर कम्पनीले उपलब्ध गराउनेछ भने फेससिल्डको कम्पनीले रकम लिनेछ ।

वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले हवाई सेवा कम्पनी आवश्यक स्वास्थ्य मापदण्डका साथ सेवा सञ्चालन गर्ने तयारी अवस्थामा रहेको बताए । वायुसेवा कम्पनीले प्रोटोकल बनाएको र एयरलाइन्सका कर्मचारी तथा यात्रुले प्रभावकारी रुपमा पालना गरेको खण्डमा महामारीको जोखिम कम हुने उनको भनाइ छ ।

स्वास्थ्य सतर्कता अपनाएर सुरक्षित उडान सेवा दिन वायुसेवा कम्पनी पनि तयारी अवस्थामा छन् । उनीहरुले आफ्ना कर्मचारी तथा यात्रुलाई महामारीसँग जुधेर कसरी सुरक्षित हवाई यात्रा गर्ने भन्नेबारे अभ्यास उडान पनि गरिसकेका छन् । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कोभिड महामारीबाट थलिएको हवाई क्षेत्रलाई चलायमान बनाउन आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा शुरु गर्न कम्पनीले तयारी गरिसकेको बताए ।

लामो समयपछि उडान खोल्ने सरकारको निर्णयले पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको भन्दै उनले ्््आवश्यक सुरक्षा मापदण्डका साथ सेवा पुनःसञ्चालन गरिने उल्लेख गरे । प्रबन्ध निर्देशक बस्नेतले बताए, “सुरक्षा प्रोटोकल सबैले बनाएका छौँ, नियामक निकायको एकीकृत स्वास्थ्य मापदण्ड र योजना अनुरुप आन्तरिक वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्छौ, यात्रुको सुरक्षा र सहुलियतलाई पनि प्राथमिकतामा राखेका छौँ ।”

बुद्ध एयरले सामान्य अवस्थामा दैनिक छ हजारसम्म यात्रु व्यवस्थापन गरेको थियो । कम्पनीले ११ एटिआरसहित १३ जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ । यता निजी क्षेत्रको प्रतिस्पर्धी अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले सुरक्षित आन्तरिक उडानका सबैखालले तयारी गरिएको जनाएको छ । कर्मचारी तथा यात्रुलाई सुरक्षित तुल्याउन कम्पनी पूर्ण तयारी अवस्थामा रहेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज रिमालले बताए ।

यती एरलाइन्स र यतीकै भगिनी संस्था तारा एरलाइन्सका सिइओका रुपमा हालै जिम्मेवारी सम्हालेका रिमालले कोभिड सङ्क्रमणमुक्त भएपछि कम्पनीको व्यावसायिक योजना सार्वजनिक गरिने बताए । “हामीले दुई महिनादेखि उडान तयारी गरेका छौँ, हाम्रो सेफ्टी डिपार्टले प्रोटोकल बनाएको छ, स्वास्थ्य सुरक्षा मापदण्ड अपनएका छौँ, त्यसैले यात्रुलाई हाम्रो आग्रह छ ढुक्कले जहाज चढ्नुस”, सिइओ रिमालले भने ।

कम्पनीले सबै विमानस्थलमा हुने उडान सेवामा स्वास्थ्य मापदण्ड पालना गराएको छ । सातामा दुई दिन अभ्यास उडान गर्दै आएको छ । यात्रुको तापक्रम नाप्ने, सेनिटाइजर उपयोग गर्ने तथा सामाजिक दूरी कायम गरी मास्क तथा फेसशिल्डको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यतिले हाल पाँच एटीआर र पाँच जेट स्ट्रिमसहित १० जहाजमार्फत उडान भर्दै आएको छ । कम्पनीले सामान्य अवस्थामा दैनिक ७० उडान गथ्र्यो भने आगामी उडान दैनिक १५ देखि २० सम्म हुने आँकलन गरेको छ । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले कोरोनाका बीच सुरक्षित उडानका लागि कम्पनीले स्वास्थ्य मापदण्ड बनाएर अभ्यास उडान गरिरहेको जानकारी दिए । यो कम्पनीसँग आन्तरिक उडानका लागि सिआरजे र ‘ड्यास एट’ गरी छ जहाज छन् । सौर्य, सीता, सिम्रिक, समिटलगायत एयरलाइन्सले पनि सुरक्षा प्रोटोकल बनाएर आन्तरिक उडानको तयारी गरेका छन् ।

विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० हाराहारी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ हेलिकोप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

बन्दाबन्दीपछि झण्डै पाँच महिनापछि मुलुकको उड्डयन क्षेत्र पुनः चलायमा हुँदैछ । कोभिड–१९ महामारी नियन्त्रणका लागि बाध्यात्मक रुपमा सरकारले देशभर लागू गरेको बन्दाबन्दीका कारण मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान ठप्प भए । गत चैत ९ गतेदेखि पछिल्लो पटक साउन ६ गतेसम्म १२० दिन व्यावसायिक उडान भएनन् । तथापि, बन्दाबन्दीको अवधिमा अन्तरराष्ट्रिय तथा आन्तरिक चार्टर्ड उडान भए ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियतर्फ दैनिक १६ वटासम्म तथा आन्तरिकतर्फ पनि कुनै दिन १४ देखि १६ सम्म उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि अन्तरराष्ट्रियतर्फ दैनिक उल्लेख्य सङ्ख्यामा उडान भए । गत जेठ २३ गतेदेखि विदेशमा अलपत्र नेपालीको उद्धारका लागि २०० भन्दा बढी चार्टर्ड उडानमार्फत ३४ हजार भन्दा धेरै नेपाली स्वदेश फर्किएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy