Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत

सुरुङ्गा । कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिका– ७ टप्पुस्थित जनताको तटबन्ध भत्काएर नदीको भङ्गालो बस्तीमा पस्दा सयौँ बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

यस वर्ष असारको शुरुदेखि नै पानी परेका कारण अधिकांश किसानले समयमै रोपाइँ गरेका थिए । तर, कनकाईमा आएको बाढीले जनताको तटबन्ध भत्काएर नदीको भङ्गालो बस्तीमा पस्दा झापा गाउँपालिकाका १०३ घरपरिवार पूर्णरुपमा विस्थापित भए भने सयौँं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।

हुलाकी राजमार्गअन्तर्गत कनकाई नदीमा निर्माणाधीन पुलका कारण नदीलाई पूर्वतर्फ मोडेका कारण नदीले बाँध भत्काएको स्थानीय बासिन्दाको भनाइ छ । कनकाई माईमा आएको बाढीले झण्डै तीन सय मिटर बाँध भत्काएर नदीको भङ्गालो बस्ती पस्दा वडा नं १, २ र ७ का अधिकांश बस्ती डुबानमा छन् । डुबानमा परेका बस्तीका १०५ परिवारलाई अहिले उद्धार गर्दै उक्त गाउँपालिकाका विभिन्न विद्यालयमा राखिएको गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले बताए ।

नदीको भङ्गालो गाउँपसेपछि वडा नं १ को मिलन बस्ती र वडा नं २ को सडकवारी र वडा नं ७ को टप्पु र कच्चुदहका बासिन्दा पूर्णरुपमा विस्थापित भएका छन् । गत सोमबारदेखि डुबानमा परेका तीन वडाका बासिन्दालाई सुरक्षित स्थानमा सारिए पनि त्यहाँको सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको स्थानीयवासी हरिनारायण राजवंशीले बताए ।

गाउँपालिकाको पूर्वतर्फ विरिङ र पश्चिमतर्फ पनि कनकाई माई भएका कारण झापा गाउँपालिकाका केही बस्ती हरेक वर्ष डुबानमा पर्ने गरेका र यस वर्ष कनकाई माइलाई पूर्वतर्फ सोझ्याएका कारण तीन वडा डुबानमा परेको दाताराम राजवंशीको भनाइ छ । बस्ती छिरेको कनकाई माइको भङ्गालो छेक्न अहिले कनकाई नदीमा अस्थायी रुपमा र्यापर निर्माण गरिएपछि त्यसले मात्र पर्याप्त नहुने स्थानीयवासी तुलसी राजवंशीले बताए ।

उनले भने, “जब वर्षा लाग्छ तव मात्र यहाँका बासिन्दाको दुखेसो सुन्ने काम हुन्छ अरुबेला कसैले पनि झापावासीको दुखेसो नसुन्दा हरेक वर्ष झापावासीले यस्तै सास्ती झेल्नुपर्छ ।” हुलाकी राजमार्गअन्तर्गत कनकाई माईमा पुल निर्माणका क्रममा सावधानी अपनाउँदा र जनताको तटबन्ध गैडेले थप बाँध समयमा बाधेको भए झापावासीले डुवान र कटानको समस्या झेल्नु नपर्ने सरोकारवालाको भनाइ छ ।

कनकाईको भङ्गालो बस्ती पसेका कराण विस्थापित बनेकालाई तत्कालका लागि स्थानीय तह, विभिन्न सङ्घ संस्था र दाताले खानेकुराको जोहो गरिदिए पनि खाने खेत बगरमा परिणत भएपछि सर्वसाधारणलाई चिन्तामाथि थप चिन्ता थपिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: