रसुवा । गोसाइँकुण्ड जाने धार्मिकमार्गमा पर्ने असहज स्थानमा फलामे पाइपको बार लगाइएको छ । नेपाली सेनाको तर्फबाट लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ कालीजङ्ग गणले धार्मिकमार्गमा पर्ने बुद्वमन्दिरबाट गोसाइँकुण्डसम्म फलामे पाइप राख्न थालेको हो ।
प्रत्येक वर्ष गङ्गा–दशहरा एवं जनैपूर्णिमामा गोसाइँकुण्ड जाँदा असहज हुने यात्रुलाई बारको सहायताले हिँड्न सहज हुने पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिए । ककरो भिरमा समात्ने ठाउँसमेत नहुँदा धार्मिक यात्रुलाई जोखिम हुने भएकाले उनीहरुको सुरक्षाका लागि नेपाली सेनाले दुई दशमलव ५८ किलोमिटर क्षेत्रमा फलामे बार लगाउने काम अगाडि बढाएको रसुवामा कार्यरत कालीजङ्ग गणले जनाएको छ ।
फलामे पाइपद्वारा बार निर्माणका साथसाथै धार्मिकमार्गको मर्मत तथा सुधारका कामसमेत एकसाथ अगाडि बढाइ समग्रमा ८० प्रतिशत काम पूरा भएको सो गणले जनाएको छ । झरी, बादल र चिसोपनलाई कुनै प्रवाह नगरी नेपाली सेनाले जोश, जाँगरका साथ बाटो मर्मत सुधार र जेनेटरको सहायताले फलामको पाइप ज्वाइन गर्दै अगाडि बढिरहेको चन्दनबारीका सुब्बा लामाले बताए ।
यस्तै उक्त गणले विगतका वर्षमा ऐतिहासिकस्थल रसुवागढीमा राष्ट्रिय झण्डा फहराइ शिलालेख तयार, बिरामी उद्वारका लागि धुञ्चेमा रात्रिकालीन हेलिप्याड निर्माण, बोकेझुण्डा र नागुङ प्राविको पूर्वाधार निर्माणजस्ता कार्यमा उल्लेखनीय योगदान पुर्याएको रसुवा जिल्लाकै वरिष्ठ समाजसेवी दावाफिन्जो तामाङले बताए । तामाङका अनुसार उक्त गणका पूर्वगणपति शीतल बानियाँको समेत महत्वपूर्ण योगदान रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा यसभन्दा अघि तैनाथ नारायण दल गणका गणपतिद्वय लक्ष्मण थापा र विक्रम गुरूङले पनि भूकम्पपश्चात उद्वार एवं पुनःनिर्माणका काममा उल्लेखनीय योगदान पुर्याएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: