Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

लकडाउनपछि कुन एयरलाइन्सका कति उडान ? यस्ताे छ भाडादर

काठमाडौं । कोभिड–१९ सङ्क्रम नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीपछि झण्डै पाँच महिना मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान प्रायः ठप्प हुने भयो । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गते अर्थात् १२० दिनपछि बन्दाबन्दी अन्त्य भएको घोषणा ग¥यो । उक्त अवधिसम्म मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुवै उडान सेवामा व्यावसायिकबाहेकका चार्टर्ड र कार्गो उडान भए । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा कम्पनीले बुकिङ खुलाएर उडानको धमाधम तयारी गरिरहेका छन् ।

कोभिडपछिको सुरक्षित हवाईयात्राका लागि सुरक्षा प्रोटोकल पालना गर्दै ती एयरलाइन्सले आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग तथा जोखिमरहित यात्राका लागि अभ्यास उडानसमेत गरिसकेका छन् । देशकै अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्धएयरले दुई महिनादेखि सुरक्षित उडानको आवश्यक सबै किसिमको तयारी गरिसकेको छ भने यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीले पनि आफ्नो तयारीलाई तीव्रता दिएका छन् ।

सुरक्षित उडानको तयारीसँगै ठूला एयरलाइन्सले धमाधम बुकिङ खुलाएका छन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि कुन एयरलाइन्सले कति उडान तथा कुन–कुन गन्तव्यमा उडान गर्ने भन्नेर छिट्टै औपचारिक निर्णय गर्दैछ ।

दैनिक ७० उडान

कोभिडको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा एकतिहाई मात्र उडान हुनेछ । आन्तरिक तथा अन्तर्राष्ट्रिय करिब झण्डै ५०० उडान हुने अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक १५ र आन्तरिकतर्फ ४० देखि ५० उडान हुने विमानस्थले जनाएको छ । बन्दाबन्दीमा पनि दैनिक १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको थियो । आन्तरिकतर्फ पनि बढीमा १६ उडान भएको विमानस्थलमा भदौ १ गतेपछि दैनिक दुवैतर्फ गरी ७० हाराहारी उडान हुने जनाइएको छ ।

कुन एयरलाइन्सका कति उडान

कोभिड सङ्क्रमणको जोखिम कायमै भएकाले अन्तर्राष्ट्रिय विमानस्थलमामा अहिलेलाई एकतिहाइ क्षमतामा मात्रै उडान हुनेछ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार दैनिक औसत १५ सम्म अन्तर्राष्ट्रिय र बढीमा ५० आन्तरिक उडान हुने गरी सरोकारवालासँग छलफल चलिरहेको छ । प्राधिकरण र वायुसेवा सञ्चालकको छलफलले कुन गन्तव्यमा कति उडान गर्नेबारे निर्णय हुनेछ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले आन्तरिक उडानको तालिका मोटामोटी टुङ्गिए पनि विदेशी एयरलाइन्सको कति सङ्ख्यामा उडान हुने भन्ने निर्णय भइनसेको बताउनुभयो । उहाँका अनुसार वायुसेवा सञ्चालक र प्राधिकरणबीच बिहीबार भएको सहमतिमा बुद्धएयरलाई १७, यती एयरलाइन्सलाई ११ र श्री एयरलाइन्सलाई आठ उडान गर्न अनुमति दिइएको छ । सौर्य, सीता, सिम्रिक र समिट एयरको कति उडान भन्ने टुङ्गो लागेको छैन । विमानस्थलमा एक घण्टामा ३५० यात्रुलाई मात्र उडान गर्ने सहमति भएको छ । थोरै जहाज भएका र दुर्गम क्षेत्रमा उडान गर्दै आएका एयरलाइन्सले कति उडान गर्ने भन्ने विषयमा भने सहमति भइसकेको छैन ।

यो व्यवस्था भदौको पहिलो हप्ताका लागि लागू गर्ने र सोको आधारमा पुनः भदौ ५ गते बैठक बसी निर्णय हुने प्राधिकरणले जनाएको छ । पहिलो हप्ता बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानका लागि समय निर्धारण गर्ने सहमति भएको छ ।

एयरलाइन्सको गुनासो

दैनिक १०० हाराहारी उडान गर्ने बुद्धएयर र दैतिक औसत ७० उडान गर्ने यती एयरलाइन्सले आफ्नो क्षमताअनुरुप उडान सङ्ख्या कम भएको गुनासो गरेको छ । श्री एयरलाइन्सले भने अहिलेको अवस्थामा निर्धारित उडान सङ्ख्यालाई सामान्य ठानेको छ ।

बुद्धएयरले आफ्नो जहाज सङ्ख्याअनुरुप उडान सङ्ख्या कम भएको र अहिलेको अवस्थामा धनगढी र सुर्खेत गन्तव्यमा उडान गर्न नसकिने जनाएको छ । बुद्धएयरले सामान्य अवस्थामा दैनिक छ हजारसम्म यात्रु व्यवस्थापन गरेको थियो । कम्पनीले ११ एटिआरसहित १३ जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ । यतिले हाल पाँच एटिआर र पाँच जेटस्ट्रिमसहित १० जहाजमार्फत उडान भर्दै आएको छ । कम्पनीले सामान्य अवस्थामा दैनिक ७० उडान गथ्र्यो । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले सङ्क्रमणसँग जुधेर सुरक्षित र व्यवस्थित उडान गर्नुपर्ने भएकाले अहिलेको उडान सङ्ख्या काफी भएको बताउनुभयो । श्रीएयरले सामान्य अवस्थामा दैनिक २० वटासम्म उडान गर्ने गरेको थियो ।

यस्तो छ भाडादर

झण्डै पाँच महिनापछि हुनलागेको व्यावसायिक उडानका लागि वायुसेवा कम्पनीले गन्तव्यअनुरुप भाडादर निर्धारण गरेका छन् । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेसँगै एयरलाइन्सले टिकट बुकिङ शुरु गरेका छन् । बुद्धएयरका अनुसार भदौ १ गतेदेखि शुरु हुने आन्तरिक उडानतर्फका सबै गन्तव्यका लागि टिकट बिक्री शुरु भइसकेको छ । यती र श्रीएयरले पनि छिट्टै बुकिङ खुलाउने तयारी गरेका छन् ।

बुद्धएयरले काठमाडौँबाट भद्रपुर जानका लागि रु आठ हजार ६३८ कायम गरेको छ । त्यसैगरी भैरहवाका लागि रु पाँच हजार ६५९, भरतपुरका लागि रु तीन हजार ३४२, विराटनगरका लागि रु छ हजार ७१७, धनगढीका लागि रु १० हजार ९६६ भाडा कायम गरेको छ ।

त्यसैगरी जनकपुरका लागि रु तीन हजार ८७१, नेपालगञ्जका लागि रु नौ हजार ३१२, पोखराका लागि रु चार हजार ६३०, सिमराका लागि रु दुई हजार ८५२, सुर्खेतका लागि रु १० हजार २९२ भाडा कायम गरेको छ । कोभिड–१९ सङ्क्रमबाट जोगिएर सुरक्षित हवाईसेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिसकेका छन् । विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ हेलिकोप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE