काठमाडौँ । पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कबवापत ठूलो रकम विद्युत् प्राधिरणलाई तिनुपर्दा व्यवसायी मारमा परेको भन्दै सो शुल्क मिनाह गर्न माग गरेका हुन् ।
विपद् समन्वय समितिका संयोजक एवं ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा ढुङ्गानाले बन्दाबन्दीका कारण ठमेलका व्यवसाय बन्द रहेको अवस्थामा विद्युत् युनिट उठेको आधारमा बन्दाबन्दी शुरु भएको मितिदेखि कम्तीमा दुई वर्षसम्म ५० प्रतिशत छुट दिन मन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिए ।
भेटमा ठमेल पर्यटन विकास परिषद्, ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान) नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ(एनएमए), होटल एशोसिएशन अफ नेपाल (हान), टुरिष्ट बस एशोसिएन अफ नेपाल (टिवान), नेपाल एशोसिएएन अफ रयाफ्टिङ एजेन्सिज (नारा), गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), नेपाल कैलाश यात्रा सङ्घलगायत दुई दर्जन संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
भेटपछि ऊर्जामन्त्री पुनले बन्दाबन्दीका कारण मुलुकको हरेक क्षेत्रमा समस्यामा परेको भन्दै उक्त समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए । उनले पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउनका लागि सरकारले गर्नुपर्ने कुनै कसरत बाँकी नराख्ने उल्लेख गरे । मन्त्री पुनले पर्यटन क्षेत्रलाई विद्युत् क्षेत्रमा दिने सहुलियतका बारेमा आफूले सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: