काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि सडकदेखि अस्पतालसम्म खटिएका सुरक्षाकर्मीमा संक्रमण बढ्दै गएको छ । आइतबारसम्म दुई सय ९७ सुरक्षाकर्मीमा संक्रमण देखिएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीमा पनि आइतबार संक्रमण देखिएको छ । सवारी शाखामा कार्यरत एक चालकमा रहेको संक्रमण अरूमा सरेको आशंकामा परीक्षण गर्दा थप तीन प्रहरीमा देखिएको हो ।
संक्रमित प्रहरी ब्यारेकमै बस्दै आएकाले अन्य प्रहरीलाई पनि क्वारेन्टाइनमा राखिएको छ । धेरै प्रहरीमा संक्रमण फैलिएको आशंकामा आइतबारदेखि प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ । सबैजसो प्रहरीको परीक्षणको तयारी छ ।
केही दिनयता प्रहरीमा संक्रमण बढिरहेको छ । प्रदेश १ का मोरङ, झापा र इलाममा संक्रमण देखिएको छ । नेपाल प्रहरीका एक सय १९ कर्मचारीमा हालसम्म संक्रमण देखिएको र त्यसमध्ये ९५ जना निको भइसकेको प्रहरी प्रवक्ता नीरज शाहीले बताए ।
सशस्त्र प्रहरीका ९१ कर्मचारीलाई संक्रमण भएको छ । जसमध्ये २१ जना उपचाररत छन् । संक्रमितमध्ये धेरैजसो भारतसँगको सीमा क्षेत्रमा खटिएका प्रहरी छन् । गत साता झापामा मात्र २० जनामा संक्रमण देखिएको थियो ।
नेपाली सेनाका ८७ जनामा संक्रमण देखिएकोमा ७० जना पूर्ण रूपमा ठीक भएर काममा फर्किसकेको प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए । उपचाररत १७ जनाको अवस्था पनि सामान्य रहेको उनको भनाइ छ । संक्रमितमध्ये धेरैजसो क्वारेन्टाइनको व्यवस्थापनमा खटिएकाहरू छन् । संक्रमण रोक्न स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सबै कार्यालयमा कडाइका साथ पालना गरिएको प्रवक्ता पौडेलको भनाइ छ ।
लकडाउन खुलेसँगै आन्तरिक संक्रमण बढेकाले सुरक्षाकर्मीमा पनि संक्रमण बढ्दै गएको छ । अभियुक्त पक्राउ, भिड नियन्त्रण जस्ता काममा खटिएका प्रहरीमा संक्रमण बढेको छ । अभियुक्तमाथि अनुसन्धानका क्रममा पनि कतिपय मुद्दा शाखामा कार्यरत प्रहरीलाई संक्रमण भएको छ ।
भत्ता, न बिमा
कोरोना रोकथाम तथा उपचारमा खटिएका कर्मचारीलाई सरकारले जोखिम भत्ता दिने निर्णय गरे पनि चार महिनासम्म कसैले पाएका छैनन् । जसले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मनोबल खस्किएको छ । अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा भत्ता वितरण हुन नसकेको हो । महिनामै करिब दुई अर्ब खर्च हुने भएपछि अर्थले बजेट निकासमा रुची देखाएको छैन ।
त्यस्तै, सरकारले सबै राष्ट्रसेवकको कोरोना बिमा गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन । यस सम्बन्धमा बिमा समितिले निर्देशिका बनाउने काम गरिरहेको र छिटै कार्यान्वयन गरिने अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: