Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

कांग्रेसलाई लाग्यो महाधिवेशन : नेतृत्वका लागि आन्तरिक लबिङ तीव्र

काठमाडौं। कोभिड- १९ का कारण करिब चार महिना ठप्प प्रमुख प्रतिपक्षी कांग्रेसको आन्तरिक राजनीतिक लकडाउन खुकुलो भएसँगै गर्माएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - पार्टीको १४औं महाधिवेशन फागुनमै गर्ने गरी असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले आन्तरिक कार्यतालिका परिमार्जन गरेपछि कांग्रेसमा चुनावी सरगर्मी एकाएक चुलिएको हो ।

नेताबीच भेटघाट र छलफल बाक्लिएका छन् भने अनौपचारिक गुटगत भेला पनि हुन थालेका छन् । कांग्रेसको भावी नेतृत्वका लागि शीर्ष तहका नेताले सार्वजनिक रूपमै उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति पदका लागि लबिङ व्यापक बनाएका छन् भने केन्द्रीय सदस्य गगन थापा पनि युवा नेताका साथ पाए सभापतिमा लड्ने बताउँदै आएका छन् ।

संस्थापन पक्षबाट देउवा र निधि मात्रै आकांक्षी छन् भने पौडेल समूहबाट भने करिब आधा दर्जन नेताले नेतृत्वका लागि सक्रियता बढाएका छन् । १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित वरिष्ठ नेता पौडेलसँगै, महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्य शेखर कोइरालाले नेतृत्वका लागि दाबी गर्दै आएका छन् ।

पौडेल समूहकै नेता डा. रामशरण महत पनि पार्टीमा आफू वरिष्ठ भएकाले नेतृत्वका लागि स्वाभाविक दाबेदार भएको बताउँदै आएका छन् । तेस्रो धारको नेतृत्व गर्दै आएका नेता सिटौला भने आसन्न महाधिवेशनमा कुनै एक समूहसँग मिलेर चुनावमा जाने रणनीतिमा छन् ।

देउवा र पौडेलका लागि १४औं महाधिवेशन अन्तिम अवसर भएकाले फेरि दुईबीच चुनावी प्रतिस्पर्धा हुने धेरैको आंकलन छ । उमेरका हिसाबले पनि दुवै नेताको लागि यो अन्तिम पटक हो । देउवा ७४ वर्ष पुगे भने पौडेल ७५। उपसभापति निधिले पनि नेतृत्वका लागि तयारी गरेका छन् ।

तर, उनले सभापति देउवासँगको छलफलपछि मात्रै निर्णयमा पुग्ने बताए । देउवा नै सभापतिमा दोहोरिन खोजे आफू उम्मेदवार नबन्ने निधिले निकट नेतासँग बताउने गरेका छन् । १३ औं महाधिवेशनमा नेतालाई व्यवस्थापन गर्न नसक्दा पराजय भोगेको पौडेल समूहलाई अहिले पनि सहज छैन ।

पौडेल समूहमा राम्रो प्रभाव रहेको कोइराला परिवारका दुई नेता शशांक र शेखर आफैं नेतृत्वका लागि दौडमा छन् भने पूर्वमहामन्त्री सिंह पनि सजिलै ब्याक हुने अवस्थाामा छैनन् । पौडेलले ६ महिनाअघि नै अनामगरमा सम्पर्क कार्यालय खोलेर नेता कार्यकर्तासँग भेटघाट सुरु गरिसकेका छन् ।

महामन्त्री कोइरालाले महाराजगन्जस्थित निवासमा नेता कार्यकर्ताको चहलपहल बाक्लिएपछि नजिकै अर्काे घरलाई महाधिवेशन प्रयोजनका लागि खाली गराएका छन् । उनको घरमा संस्थापन र इतर समूहका नेताको बाक्लो भीडभाड हुन थालेको छ । उनले सबै नेतासँगको सल्लाहमा उम्मेदवारी दिनबारे निर्णय गर्ने बताए ।

पूर्वमहामन्त्री सिंहले चाक्सीबारीस्थित निवासलाई सम्पर्क कार्यालय बनाएका छन् । केन्द्रीय सदस्य शेखर कोइरालाले १३औं महाधिवेशनकै बेलामा अनामनगरमा सम्पर्क कार्यालय बनाएको घरलाई नै अहिले निरन्तरता दिएका छन् । सिटौलाले चण्डोलमा तीन दिनअघि सम्पर्क कार्यालय खोलेका छन् । सभापति देउवाले पनि निवास बूढानीलकण्ठमै भेटघाट गर्दै आएका छन् भने उपसभापति निधिले पनि छुट्टै कार्यालय खोलेका छैनन् ।

कांग्रेसले फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । क्रियाशील सदस्यता वितरणको काम सुरु भएको छ । कोभिड-१९ को असर र मौसमका कारण भने समयमा नहुने आशंका छ । पार्टी विधानअनुसार चार वर्षमा महाधिवेशन हुनुपर्ने प्रावधान छ ।

जोशीको कारबाहीप्रति नेता असन्तुष्ट

केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डँडेलधुरा पार्टी कार्यालय सचिव रामबहादुर विष्टलाई गरेको कारबाहीप्रति नेताले असन्तुष्टि जनाएका छन् ।

नेताले अनुशासन समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै कारबाही प्रक्रिया गलत भएको टिप्पणी गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीमा लामो समय योगदान दिएका नेतालाई कारबाही गर्ने तर अन्य पार्टीबाट प्रवेश गराउने कुराले गलत सन्देश जाने बताए ।

‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं अर्काेतिर जीवन नै पार्टीमा व्यतीत गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छाैं’, उनले प्रश्न गरे, ‘यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ?’

नेता कोइरालाले अनुशासन समितिको कारबाहीलाई आधारहीन र मनगढन्ते भएको दाबी गरे। ‘गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो’, उनले ट्विटरमा लेखेका छन्, ‘उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनु भएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ ।’

समितिले दुई वर्षअघि सम्पन्न संघीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको भन्दै पूर्वमन्त्री जोशी र पूर्वराज्यमन्त्री ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । विष्टलाई तीन वर्षका लागि कारबाही गरेको विज्ञप्तिमार्फत जनाएको थियो। कांग्रेस नेता डा. मीनेन्द्र रिजालले पनि नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णयले लोकतन्त्रलाई कमजोर बनाउने दाबी गरे ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy