चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा आकस्मिक रक्तसञ्चार सेवा शुरु गरिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर र अस्पतालबीच सम्झौता गरी आजदेखि सेवा सञ्चालनमा ल्याइएको हो ।
सेवाको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । मिर्गौलाको डायलासिस गराइरहेका तीनजना बिरामीलाई निःशुल्क रगत प्रदान गरी सेवा सञ्चालनमा ल्याइएको हो । योसँगै अस्पतालमा आएका बिरामी रगतको खोजीमा भरतपुरसम्म जार्नुपर्ने बाध्यता टरेको छ ।
सेवा तत्कालका लागि अस्पतालमा रहेको प्रयोगशालाबाट सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले जानकारी दिए ।
सेवाको शुभारम्भ गर्दै नगरपालिका प्रमुख वनले अहिले आकस्मिक रक्तसञ्चार केन्द्रका रुपमा स्थापना गरिएको यस सेवालाई विस्तार गरेर केन्द्रका रुपमा सञ्चालन गर्ने तयारी गरिएको बताए ।
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं १० का अध्यक्ष केशव आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिका उपप्रमुख विमला दुवाडी, २ का वडाध्यक्ष तिलकराज शर्मा, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, अस्पताल विकास समितिका सदस्य देवेन्द्रकुमार श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी लगायतले बोलेका थिए ।
सो अस्पतालमा अहिले नियमित डायलासिस गर्ने २६ जना बिरामी रहेका छन् । रक्तसञ्चारको क्षेत्रीय कार्यालय भरतपुरमा रहेको छ । केन्द्रले माडीको बघौडा अस्पतालमा यसअघि नै आकस्मिक रक्तसञ्चार सेवा शुरु गरेको छ ।
यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा अस्पताल युनिट स्थापना गरी सेवा दिँदै आएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: