Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

कांग्रेस समानुपातिकमा सभापतिका ससुरादेखि पूर्वराष्ट्रपतिका छोरासम्म

खबरडबली संवाददाता

काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदमात्र अब प्रतिनिधिसभामा हुने छन् । महावीर पुन स्वतन्त्र सांसदका रूपमा विजयी भएका छन् ।

रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट पाएको छ । कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट, एमालेले प्रत्यक्षमा ९ र समानुपातिकतर्फ १६ गरी २५ सिट, नेकपाले प्रत्यक्षमा ८ र समानुपातिकतर्फ ९ गरी १७ सिट पाएको छ । यसैगरी, श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फबाट ४ गरी ७ सिट, राप्रपाले प्रत्यक्षमा १, समानुपातिकतर्फ ४ गरी ५ सिट पाएको छ । एमालेले शनिबार नै समानुपातिकतर्फको नामावली टुंगो लगाइसकेको छ ।

रास्वपाले आइतबार सामानुपातिकर्फको नामावली टुंगो लगाए पनि सार्वजनिक गरेको छैन । समानुपातिकतर्फको सांसदको सिफारिस गर्न रास्वपाको ‘भर्चुअल’ बैठक बसेको थियो । सभापति रवि लामिछाने बिरामी भएकाले भौतिक रूपमा बैठक नबसी ‘भर्चुअल’ बसेर नामावली टुंगो लगाइएको हो ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार रुजु र प्रमाणित गरेपछि आयोग आफै ंले नाम सार्वजनिक गर्ने भएकाले पार्टीबाट सार्वजनिक नगर्ने निर्णय भएको हो । बैठकले ४८ जना महिला र ९ जना पुरुषको नाम आयोगमा सिफारिस गरेको छ । यसमा असआर्यतर्फबाट १७ जना, जनजाति तर्फबाट १६ जना, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिमबाट ३ जनाको नाम सिफारिस गरिएको छ ।

यी हुन् कांग्रेसका समानुपातिक सांसद

कांग्रेसले प्राप्त गरेको २० जना समानुपातिकतर्फका सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले २० सांसदको नाम सिफारिस गरेको हो । खस आर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती, सीता थपलिया, गंगा शाही र अर्जुननरसिंह केसीको नाम सिफारिस भएका छन् । केसी सभापति गगन थापाका ससुरा हुन् ।

आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रुनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बेको नाम सिफारिस गरिएको छ । त्यस्तै, मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र डा. चन्द्र मोहन यादवको नाम सिफारिस भएको छ ।

यादव पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन् । दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली रहेका छन् । त्यस्तै, थारूबा प्रमिलाकुमारी गच्छदार र मुस्लिमबाट शाहजान खातुनको नाम सिफारिस भएको छ ।

राप्रपामा खुस्बु, ताहिरसहित अरू को को ?

राप्रपाले समानुपातिकतर्फ ४ जना सांसद नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक ४ सिटका लागि नाम सिफारिस गरेको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् । खस आर्य पुरुषतर्फ महोत्तरीका भरत गिरी, मुस्लिम पुरुषतर्फ रुपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम राप्रपाले सिफारिस गरेको छ ।

श्रम संस्कृतिबाट को ?

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । आइतबार धरानमा बसेको बैठकले निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको नाम पार्टीको निर्णयअनुसार टुंग्याएको अध्यक्ष हर्क साम्पाङले जनाएका छन् । उनका अनुसार आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेशीबाट रुवी कुमारी ठाकुर रहेका छन् ।

नेकपाबाट को–को परे ?

नेकपाले निर्वाचन आयोगलाई समानुपातिकतर्फका सांसद सिफारिस गरेको छ । नेकपाले ५ जना पुरुष र ४ महिलाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । बलावती शर्मा, प्रमेश हमाल, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा रहेका छन् ।

नेकपाले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फका सांसदको सूचीमा सहसंयोजक माधवकुमार नेपाल पक्षका दुई जनामात्रै परेका छन् । नेता नेपाल पक्षबाट प्रमेश हमाल र गणेश विश्वकर्मा समेटिएका हुन् । एकीकृत समाजवादी छँदा हमाल वरिष्ठ नेतामध्ये थिए ।

गणेश विश्वकर्मा यसअघि सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षसमेत भइसकेका हुन् । योसँगै नेकपाको कूल सांसद संख्यामा नेपाल पक्षको हिस्सा ३ जना रहेको छ । सहसंयोजक नेपाल पक्षका धनबहादुर बूढा डोल्पाबाट प्रत्यक्ष निर्वाचित भएका छन् । माधव आफै भने निर्वाचित हुन सकेनन् । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending