काठमाडौं। दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी विभिन्न जिल्लामा नौजनाको मृत्यु भएको छ भने पाँच बेपत्ता भएका छन् । एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - दार्चुला, रुकुम पश्चिम र बाग्लुङमा दुई–दुई जनाको मृत्यु भएको छ । त्यस्तै, कालिकोट, गुल्मी र दोलखामा एक–एकजनाले ज्यान गुमाएका छन् । पहिरोमा पुरिएर कालिकोटमा पाँच जना बेपत्ता भएका छन् । वर्षा नरोकिएकाले उनीहरूको खोजी गर्न कठिनाइ भइरहेको छ ।
पहिरोले घर पुरिँदा दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र ४५ वर्षीया उनकी पत्नी इन्द्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशीले बताए । उनीहरूका छोरा भनेर भागेर बाँचेका छन् ।
त्यस्तै, बाग्लुङको तमानखोला गाउँपालिका–२ खोलेस्वाङमा सोमबार राती गएको पहिरोले घर पुरिँदा होमकुमारी रसाइलीका १३ वर्षीय छोरा खेम र ११ वर्षीया छोरी रीताको मृत्यु भएको हो । होमकुमारी घाइते भएकी छिन् ।
मंगलबार बिहान ४ बजे खसेको पहिरोले घर पुरिँदा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–९ स्यालाका स्थानीय २२ वर्षीय नवीन विक र १६ वर्षीय बलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कालिकोटमा सोमबार राति खसेको पहिरोले चार घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् । दुई घाइते भएका छन् । मंगलबार बिहान बास्कोट–१ तुसारखोलामा आएको पहिरोले टेकबहादुर टमटाको घर बगाउँदा उनको घरमा पाहुना आएकी १४ वर्षीया वेलपुरा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्स्पेक्टर यक्षराज जोशीले बताए । त्यस्तै, रास्कोट नगरपालिका–१ वहल्तोलामा पहिरोले जयबहादुर शाहीको घर पुरिँदा उनको परिवार र पाहुना आएका आफन्तसहित पाँचजना बेपत्ता भएका छन् ।
त्यस्तै, खेतमा पसेको भेल खोलातिर फर्काउन गएका पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका २९ वर्षीय दीपक अर्यालको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी मदन गिरीले बताए । उता, भिरबाट खसेको ढुंगाले घर भत्किँदा दोलखाका् बिगु गाउँपालिका–४ सिँगटी बजारकी ३५ वर्षीया रेणु थामीको मृत्यु भएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: