Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो

खबरडबली संवाददाता

महोत्तरी। आगामी आइतबार रामगोपालपुर नगरपालिका–२ मा वडाध्यक्षको निर्वाचन हुँदैछ । मतदातालाई आफ्नो पक्षमा पार्न उमेद्वारहरू मतदाताका घरआँगनमा पुगेका छन् । आसन्न चुनावले उक्त वडामा चहलपहल बढाएको छ । 

मौन अवधि प्रारम्भ हुनु अगावै प्रचारप्रसारमा जुटेका उनीहरूले मधेस मामिला उजागर गर्दै विभेदविरुद्ध उभिएको र विकास–निर्माणलाई नै केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता मतदातासमक्ष व्यक्त गरिरहेका छन् । 

यहाँ दलका सात र स्वतन्त्र ११ गरी १८ जना उमेद्वार मैदानमा छन् । यसअघिको निर्वाचनमा विजयी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चुनाव जित्नैपर्ने दबाबमा छ । गत भदौमा दुर्घटनामा ज्यान गुमाएका मुकेशकुमार यादवकी पत्नी आइतीकुमारीलाई उक्त पार्टीले उमेद्वार बनाएको छ । 

नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँ आसन्न उपनिर्वाचनमा आफू जित्ने दाबी गु्छन्  । अघिल्लो निर्वाचनमा  ५८ मतले पारजित उनी यसपटक मतदाताले आफूलाई जिताउनेमा ढुक्क हुनुहुन्छ । सोही निर्वाचनमा तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका सकिबुल खान यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उमेद्वार छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी  र राष्ट्रिय जनता पाटीबाट त्रमश: मोहम्मद मनान खान र खुरसेद खान तथा राजेशकुमार यादव उमेद्वार छन् । 

यसअघि मुकेशकुमार यादवले ४३३, जनिफ खानले ३७५, जसपाका सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गरेको थिएयो । सो वडामा हाल एक हजार २०१ पुरुष र (४) महिलासहित दुई हजार १४१ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थी संगठनमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरूमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अने...

भ्रष्टाचार मुद्दामा सांसदलाई छुट दिने प्रावधानप्रति संसदमा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले सांसदलाई भ्रष्टाचार मुद्दामा विशेष छुट दिने गरी गरिएको कानुनी व्यवस्थामाथि प्रश्न उठाएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा...

आफूविरुद्ध लगाइएका आरोप प्रमाणित भए राजनीतिबाट सधैंका लागि बिदा हुने रास्वपा सांसद खरेलको चुनौती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) का सांसद जगदीश खरेल ले आफूविरुद्ध लगाइएका आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै प्रमाण...

विपक्षी दलहरूद्वारा संसद् बैठकमा उठेर विरोध, सभामुखको आग्रहपछि बैठक सुरु

काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ । केहीबेरअघि सुरु भएको बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेप...

मिडियालाई बलियो बनाउन चाहन्छौं : मुख्यमन्त्री आचार्य

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार मिडियालाई कमजोर होइन, बलियो बनाउनेतर्फ प्रतिवद्ध रहेको बताएको छन्।  नेपाल पत्...

स्वास्थ्य बिमालाई जनमैत्री बनाउने तयारीमा सरकार - मन्त्री मेहता

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गरी त्यसलाई व्यवस्थित र जनमैत्री बनाउने तयारी भइरहेको बताए...

सर्लाहीमा ठक्करबाट वृद्धको मृत्यु, एक जना घाइते

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका –२, राइटरखोरमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।  दुर्घटनामा साइकलयात्री सोही ठाउँका ६५ वर्...

प्रधानमन्त्री बालेन लगातार दोस्रो पटक समिति बैठकमा अनुपस्थित, कांग्रेसद्वारा बहिष्कार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली ...

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने नतिजा ?

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यही वैशाख २९ गतेभित्र नतिज...

संसद्लाई ‘कठपुतली’ बनाउन खोजिएको भन्दै विपक्षीद्वारा सभामुखको ध्यानाकर्षण

काठमाडौँ । विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले सभामुख डोलप्रसाद अर्याल सँग भेटवार्ता गर्दै संसद्को कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सिंहदरब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending