काठमाडौं । माध्यमिक तहको कक्षा ११ र १२ मा जथाभावी पाठ्यपुस्तक लेख्ने प्रवृत्तिलाई यसै वर्षबाट कडाइका साथ नियन्त्रण गरिने भएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - लेखकले पाठ्यपुस्तक लेखेर सीधै बजारमा पठाउने विगतको प्रचलनले पुस्तक गुणस्तरहीन हुनुका साथै पाठ्यक्रमलाई समेत समेट्न नसकेको पाइएपछि यसलाई कडाइका साथ नियन्त्रण गरिने भएको हो ।
अब कक्षा ११ र १२ का सबै पाठ्यपुुस्तक पाठ्यक्रम विकास केन्द्रमा पूर्वस्वीकृतिका लागि पेस गर्नुपर्ने र सूचीकरण गरिएपछि मात्रै प्रकाशन गर्न पाइने प्रावधान यसै वर्षबाट कार्यान्वयनमा ल्याइने भएको छ ।
केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले लेखकले पुस्तक तयार पारेपछि स्वीकृतिका लागि पेस गर्नुपर्ने र स्वीकृति दिएपछि प्रकाशनको अनुमति दिइने जानकारी दिए ।
कक्षा ११ मा यसै पटकबाट नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी निर्णयसँगै हालसम्म पाठ्यपुस्तक लेखकले १५० वटा पुस्तक सूचीकृत गर्नका लागि पेस गरेको जानकारी उनले दिए । नेपाली, अङ्ग्रेजी र सामाजिक तथा जीवनोपयोगी शिक्षा गरी ३ वटा विषयका पुस्तक प्रकाशन सरकारी स्तरबाटै हुनेछ । अन्य ऐच्छिक विषयको प्रकाशन भने सरकारले नगर्ने भएको छ ।
यसरी पेस गरिएका पाठ्यपुस्तकमा प्रयोग गरिएको भाषाशैली, विषयवस्तु, पाठ्यक्रमलाई अनुसरण गरे÷नगरेको लगायतका आधारमा विज्ञहरूको टोलीबाट त्यसको मापन गरिने भएको छ ।
यसअघि उच्च माध्यमिक शिक्षा परिषद् मातहतमा १० जोड २ तहको कक्षा सञ्चालन हुँदा लेखकले आफूखुसी पुस्तक प्रकाशन गर्ने र त्यसलाई नै विद्यार्थीले प्रयोग गर्ने गरिएको थियो तर अब कक्षा १२ सम्म विद्यालय तह मानिएका कारण पाठ्यपुस्तकलाई पनि सोही अनुसार नै व्यवस्थापन गर्न लागिएको जानकारी अधिकारीले दिएका छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: