Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

पौडेल समूहद्वारा पार्टी विधान पालनाबारे सभापति देउवाको ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विधानको पालना, १४औँ महाधिवेशनको सफलता र आन्तरिक लोकतन्त्रको प्रवद्र्धनबारे सभापति देउवाको ध्यानाकर्षण गराएको छ ।

पौडेल समूहका नेताहरुले आज सभापति देउवालाई पार्टीका निकायको समायोजन, क्रियाशील सदस्यता वितरण, विधानविपरीत विभागको गठन, भ्रातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका गतिविधिलगायत विषयमा लिखित ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझाएपछि पार्टी केन्द्रीय कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सभापति देउवाबाट सन्तोष हुनसक्ने जवाफ नपाएको बताउँदै विधान पालना र १४औँ महाधिवेशनको निश्पक्षताका लागि थप दबाब सिर्जना गर्दै जाने उल्लेख गरे । उनले भने, “पार्टीका निकायको समायोजन, क्रियाशील सदस्यता वितरण, विधानविपरीत विभागको गठन, भ्रातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका गतिविधि सञ्चालनबाट पार्टीका बहुसङ्ख्यक साथीहरु झँै हामीलाई पनि आगामी महाधिवेशन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेछ भन्ने विश्वास गर्ने आधार हराउँदै गएको अनुभूति भएको छ ।”

यस्तो अविश्वासको वातावरण समाप्त गरी पार्टीलाई सम्पूर्णरुपमा एकताबद्ध गर्दै आवश्यक परामर्श गरी विधिपूर्वक बाटोबाट आगामी महाधिवेशन सम्पन्न गर्ने अहिलेको आफ्नो प्रमुख कर्तव्यप्रति सभापति देउवाको ध्यानाकर्षण गराएको नेता पौडेलले बताए । तेह्रौँ महाधिवेशनमा केन्द्रीय सदस्य नरहरि आचार्य संयोजकत्वको समितिले सो महाधिवेशन सम्पन्न भएपछि प्रक्रिया पु¥याइदिने भनेर राखिएका क्रियाशील सदस्यता समावेश गर्नेबारेमा प्रश्न गर्दै नेता पौडेल समूहले पार्टीले शुल्क बुझेर दर्ता गरिएकालाई प्रक्रिया पूरा गराई सबैलाई पार्टी प्रणालीअनुरुप सदस्यता दिन पार्टीका सबै निकायमा तुरुन्त पठाउन माग गरेको छ ।

समायोजन टुङ्गिएका कतिपय जिल्लामा समेत क्रियाशील सदस्यता नपठाउने पक्षपातपूर्ण काम बन्द गर्न आग्रह गर्दै नेता पौडेलले विधानबमोजिम अन्य राजनीतिक दल परित्याग गरी काँग्रेसमा प्रवेश गरेका विभिन्न तहका व्यक्तिका सम्बन्धमा हचुवाका भरमा सदस्यता वितरण गर्ने विवरण पेश गरिएको आरोप लगाए । साथै उनले पार्टीमा दशकौँदेखि रगत–पसिना भिजाएका साथीलाई वडा, क्षेत्र र जिल्लामै बहिस्कृत गराउने वा उनीहरूको मनोबल गिराउने, पार्टी जीवन तहसनहस वा तेजोबध गर्ने खालका अन्यायपूर्ण काम किमार्थ हुनु हुँदैन भने ।

राष्ट्रिय पहिचान बोकेका सीमित व्यक्तिका लागिबाहेक क्रियाशील सदस्यता वितरण पार्टी विधानले तोकेको वडाबाटै हुनुपर्ने सो समूहको माग छ । जिल्लामा पठाइएका क्रियाशील सदस्यताका फाराम केन्द्रीय परिपत्रअनुसार जिल्ला पार्टी सभापतिले लगेर क्षेत्रीय सभापतिलाई र तलका निकाय प्रमुखलाई दिनुपर्ने व्यवस्था भए पनि कतिपय जिल्लामा विधानविपरीत मनपरी गर्न खोजेको नेता पौडेल समूहको आरोप छ ।

स्थानीय तहको समायोजन केन्द्रले तयार पारेको सर्वसम्मत निर्देशिकाबमोजिम १३औँ महाधिवेशनको वरिष्ठताक्रमअनुसार शुरू नगरी कतिपय जिल्लामा आफू अनुकूल गर्न खोज्ने जिल्ला नेतृत्व र दबाब एवं प्रभावलाई वास्ता नगरी निर्वाचन समितिले निर्देशिकाका आधारमा लगातार काम गरेको भए धेरै समयअघि नै समायोजन पूरा भइसक्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

नेता पौडेलले लोकतान्त्रिक पार्टीका भ्रातृ र शुभेच्छुक संस्था विधानविपरीत हचुवा पाराले चल्न नहुने भन्दै तिनका आवधिक निर्वाचन र नीतिनियम स्पष्टसँग कार्यान्वयन हुनुपर्ने बताए । पार्टी नेतृत्वकै आडमा कैयौँ भ्रातृ संस्थाविना अधिवेशन निष्क्रिय बसेकाले तिनको अधिवेशन यथाशीघ्र गराइसक्नुपर्ने, विधानबमोजिम भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थाको अधिवेशनबाट निर्वाचित भई आउने केन्द्रीय महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने वैधानिक व्यवस्था भएकाले सोहीबमोजिम मात्र प्रतिनिधित्व गराउन मिल्ने स्पष्ट गरिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

विदेशस्थित जनसम्पर्क समितिको स्थिति पनि भद्रगोल हुँदै गएको र कतै एकले अर्कोलाई निष्कासन गर्ने, केन्द्रको आड देखाएर थिचोमिचो गर्न खोज्ने, अनुशासनको डण्डा देखाएर दबाउन खोज्ने जस्ता प्रवृत्ति तत्काल बन्द गर्न र सबै जनसम्पर्क समितिको विधिसम्मत अधिवेशन गराएर मात्र महाधिवेशनमा प्रतिनिधित्व गराउनुपर्ने नेता पौडेल समूहको माग छ ।

पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, डा शेखर कोइराला, नविन्द्रराज जोशी, रामकृष्ण यादव, डा चन्द्र भण्डारी, गुरुराज घिमिरे, जीवन परियार, किरण यादव र सरिता प्रसाईलगायत थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE