Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

'अब देशमै छ रोजगारी’ अभियान शुभारम्भ

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ बाट सिर्जित बेरोजगारी समस्या समाधान गर्न थुप्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याका छन् ।

रोजगारी सर्भिस प्राली र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा ल्याइएको ‘अब देशमै छ रोजगारी’ अभियानको आज भर्चुअल माध्यमबाट सार्वजनिक गर्दै उनले आसन्न बेरोजगारीको सङ्कटबाट बच्नका लागि नेपालले १० लाख बढी रोजगारी सिर्जना गर्नु आवश्यक रहेको बताए।

कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग सात लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीबाट फर्केका साथै श्रम बजार प्रवेश गर्ने नयाँ जनशक्तिका लागि पनि अवसर सिर्जना गर्न सबैको सहयोगको खाँचो औँल्याए । “हाम्रो लक्ष्य भनेको यो सुनिश्चित गर्नु हो कि हामी नेपालको मानव पूँजीलाई उनीहरुको जीवन र जीविकोपार्जन संरक्षण गर्दै यसको लाभ उठाउनु हो”, उनले भने ।

मन्त्री डा खतिवडाले रोजगारी सिर्जना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण रहेको र त्यसका लागि सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीति ल्याइरहेको उल्लेख गर्दै यसले मात्र उज्जवल आर्थिक भविष्यलाई सक्षम बनाउन मद्दत गर्ने बताए ।

रोजगारी सर्भिसले वेबसाइट, मोबाइल एपलिकेसन, सामाजिक सञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसल प्रयोग गरेर पञ्जीकृत प्रवासी पुनरागमनलाई उचित रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पु¥याउन सहकार्य गर्दै आएको छ । यो अभियान प्रवासी पुनरागमन र अन्य आर्थिकरुपले वञ्चित, समाजिक बहिष्कृत समूहको जीवनयापन आवश्यकताको प्रतिक्रिया दिन अघिल्ला प्रयासमा निर्मित रहेको रोजगारी सर्भिसेसले जनाएको छ ।

रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्रराज गिरीले देशमै छ रोजगारी अभियान र युकेएड सीपलगायत सरोकारवालासँगको साझेदारीले नेपालको मानव संसाधनमार्फत रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा श्रीनगर एग्रो फार्मकी सञ्चालक मौसमी श्रेष्ठले नेपालमा पर्याप्त रोजगारी र उद्यमशीलता सम्भावना रहेको बताए । उद्योगी पवन गोल्यानले व्यावसायिक तालीम उपलब्ध गराएको खण्डमा १५ लाख भारतीय नागरिकले नेपालमा गर्ने काम नेपाली कामदारलाई दिन सकिने बताए।

नेपाली श्रम बजारमा ७१ लाख श्रमिक क्रियाशील छन् । तीमध्ये कृषिमा मात्रै १५ लाख २३ हजार, थोक तथा खुद्रा व्यवसाय १२ लाख ४० हजार, उत्पादन १० लाख ७२ हजार, निर्माण क्षेत्रमा नौ लाख ७८ हजार, शिक्षामा पाँच लाख ५८ हजार, आवास तथा खानामा तीन लाख ७१ हजार श्रमिक आबद्ध रहेको सो अवसरमा जानकारी गराइयो ।

यसैगरी यातायात क्षेत्रमा तीन लाख २२ हजार, मानव स्वास्थ्यमा एक लाख ७१ हजार, सार्वजनिक प्रशासन एक लाख ३३ हजार, बैंक तथा वित्तीय क्षेत्र एक लाख १८ हजार, निजी घरायसी ७३ हजार, प्रशासन ६४ हजार, खानी ५९ हजार, सूचना तथा सञ्चार ६० हजार, प्राविधिक ४४ हजार, पानी वितरणमा ४२ हजार, विद्युत् तथा ग्यासमा ३४ हजार, कला र मनोरञ्जन ३४ हजार, विदेशी नियोगमा १८ हजार र घरजग्गामा १७ हजार आबद्ध छन् ।

रोजगारी परियोजनाले तत्कालै निर्माण क्षेत्रमा एक हजार ४७०, कार्यालय सहयोगीमा एक हजार ४२१, मार्केटिङ अफिसरमा एक हजार चार र निर्माणका कामदार ९५१ जनालाई रोजगारी दिन सकिने जनाएको छ । यस्तै रोजगारीमूलक तालिममार्फत बेकरी क्षेत्रमा एक हजार, व्यावसायिक बाख्रापालन तालीमबाट एक हजार ५००, एक्साभेटर र लोडरमा एक हजार ५०० लाई रोजगारी दिन सकिने बताइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE