Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

काठमाडौं उपत्यकामा ह्वात्तै बढ्यो कोराना, यी हुन् बढी जोखिम क्षेत्र

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५ सय नाघेको छ ।

बिहीबार थप ४५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३४ पुगेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार काठमाडौंमा ४१, भक्तपुर र ललितपुरमा २र२ जनामा संक्रमण पुष्टि भएको थियो । उपत्यकामा मंगलबार ५३ र बुधबार १५ जना संक्रमित फेला परेका थिए ।

योसँगै काठमाडौंमा संक्रमितको संख्या ३९० जना, ललितपुरमा ९१ जना र भक्तपुरमा ५३ पुगेको छ । सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ । १६३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

अहिले उपत्यकाका तीन जिल्लामा ३२१ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये सुरक्षाकर्मीहरू पनि छन् । सरकारले पछिल्ला दिनमा उपत्यकामा परीक्षण बढाएसँगै सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको बताइएको छ ।

पछिल्लो समय उपत्यकामा पनि संक्रमित संख्या बढ्दै गएपछि यसले थप जोखिम निम्त्याएको विज्ञहरूले औंलाएका छन् । अहिले उपत्यका प्रवेश गर्ने मुख्य तीन नाकाहरू थानकोट, फर्पिङ र साँगामा मानिसहरूको स्वाब संकलन गर्ने कार्य भइरहेको छ ।

उपत्यका छिरेका तीन हजार चार सय ७३ को स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित सबैको उपत्यकाका कोरोना अस्पतालमा उपचार भइरहेको छ । विदेशबाट र बाहिरी जिल्लाहरूबाट उपत्यका प्रवेश गरेका धेरै व्यक्तिहरूमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित भेटिएका स्थानः
काठमाडौं : कपुरधारा, कपन, चन्द्रागिरि, मैचीदेवी, मरुहिटी, कीर्तिपुर, पुरानो बानेश्वर, शंखमुल, चाबहिल, बालुवाटार, धुम्बाराही, महाराजगन्ज, तारकेश्वर, सीतापाइला, मनमैजु, नैकाप, गल्फुटार, कलंकी, धापासी, गोकर्ण, वसुन्धारा, बाफल, रानीवन, हाँडीगाउँ, कोटेश्वर, ट्याङ्लाफाँट, तीनकुने, खुसिबु, कागेश्वरी, टोखा, मूलपानी, काँडाघारी, साँखु, बौद्ध, बागबजार, वनस्थली, ताहाचल, सामाखुसी, टेकु, कुलेश्वर ।

भक्तपुर : सल्लाघारी, दुवाकोटा, बागेश्वरी, दुधपाटी, बालकोट, गठ्ठाघर, बोडे, भोलाछे ।

ललितपुर : महालक्ष्मी, महालक्ष्मी स्थान, बुङ्मति, लुभु, लगनखेल, सानेपा, ठैब, पाटन, गोदावरी, सुनाकोठी, धापाखेल, हरिसिद्धि, हात्तीवन, चापागाँउ, भैंसेपाटी, नख्खु, प्युटार, चौघरे, जावलाखेल, गोटीखेल, कुपण्डोल, ग्वार्को, ठेचे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE