Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यक : सूचना आयोग

काठमाडौं । राष्ट्रिय सूचना आयोग सातवटै प्रदेशमा विस्तार गर्नु आवश्यक रहेको आयोगका पदाधिकारीले बताएका छन् । आयोगद्वारा शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीले प्रदेशमा आयोग विस्तारका लागि यसको विद्यमान ऐनमा संशोधनको आवश्यकता रहेको औँल्याए।

आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना आयोग अब सबै प्रदेशमा विस्तार गर्न अतिआवश्यक भएको बताए । केन्द्रले मात्र सबैतिर हेर्न नभ्याउने भएकाले सातै प्रदेशमा आयोग विस्तार हुनसके सहज हुने उनले उल्लेख गरे । देशभर अनुगमन गर्न तथा विभिन्न गतिविधि गर्न आयोगसित जनशक्तिको समेत अभाव भएको उनको भनाइ थियो । हाल आयोगमा सबै गरी ३९ जनाको जनशक्ति रहेको र काम गर्न समस्या भएको उनले बताए ।

सूचना आयुक्त एवं प्रवक्ता कमला ओली थापाले कोरोना भाइरसका कारण मासिकरुपमा गर्दै आएको अन्तक्र्रिया तथा छलफल कार्यक्रम गर्न नसकिएको बताए। सङ्क्रमणलाई ध्यानमा राख्दै आयोगले आफ्नो काम गरिरहेको भन्दै उनले हालै प्रदेश १ का सरकारी कार्यालयको अनुगमन गरिएको बताए । अब क्रमशः अन्य प्रदेशमा आयोगले अनुगमन गर्ने प्रवक्ता थापाको भनाइ थियो । उनले सरकारी कार्यालयबाट जनताले सहजै सूचना पाउन सकेको अवस्था नभएको उल्लेख गरे।

आयुक्त थापाले आयोगले गत आर्थिक वर्षमा एक हजार ३२ पुनरावेदन पछ्र्योट गरेको जानकारी दिनुभयो । आयोगमा चालू आवको हालसम्म २६७ पुनरावेदन परेको छ । सबैभन्दा बढी आर्थिक क्षेत्रमा ७०, स्थानीय तहका ५०, प्रशासनका ४४, शिक्षाका ३७, संस्थान तथा प्राधिकरणका ११, वन तथा कृषिका आठ, जग्गा, मालपोत भूमिसुधारका सात, स्वास्थ्यका पाँच, कानून र खेलकूदका तीन तीन तथा अन्य १९ पुनरावेदन परेको उहाँले जानकारी दिनुभयो । आयोगले हालसम्म २५५ कार्यक्रममार्फत २६ हजार २५२ लाई अभिमुखीकरण गरेको छ । आयोगले समसामयिक विषयमा विभिन्न समयमा गरी छ हजार ४७९ आदेश दिनुका सार्थ २४ जनालाई जरिवाना र विभागीय कारवाहीको गरेको बताइएको छ ।

आयोगले सार्वजनिक निकायबाट भएका कार्य तथा खर्च सार्वजनिक गर्दै जान सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई गत जेठ पहिलो साता १६ बुँदे निर्देशन दिएको आयोगका सूचना अधिकारी बाबुराम पाण्डेले बताए । यस्तै आयोगका पदाधिकारीको आचारसंहिता पहिलोपटक पारित गरिएको उनले बताए । आगामी दिनमा कानूनमा गरिने संशोधन वा परिमार्जन तथा नयाँ कानून निर्माण गर्दा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा ९३० मा उल्लेख भएबमोजिमका बाहेक कुनै पनि विषयलाई कानूनीरुपमा गोपनीयता नराख्ने गरी व्यवस्था गर्न प्रदेश सरकार, प्रदेशसभा र स्थानीय तहलाई अनुरोध गरिएको पाण्डेले उल्लेख गरे।

सो अवसरमा आयोगका प्रवक्ता थापाले सूचनाको हकको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने एक अभियन्तालाई वर्षेनी प्रदान गरिने पुरस्कारलाई राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख सूचना आयुक्त स्व विनयकुमार कसजुले सूचना आयोग तथा सूचनाको हकको प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेकाले आयोगले कदरस्वरुप उहाँको नाममा ‘विनय कसजु पुरस्कार’ नामकरण गरिएको जानकारी दिए । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ बमोजिम नेपाल सरकार सङ्घीय मन्त्रालय तथा विभागका हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई र प्रदेशस्तरका मन्त्रालयको हकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सूचना अधिकारी नतोकिएकोमा १५ दिनभित्र सार्वजनिक निकायले सूचना अधिकारी तोक्ने तथा आयोगलाई जानकारी गराउने, सार्वजनिक निकायले प्रत्येक तीन तीन महिना व्यतीत भएको १५ दिनभित्र स्वतः प्रकाशन गर्नुपर्ने, प्रत्येक तीन तीन महिनामा अनिवार्यरुपमा प्रकाशन गर्ने व्यवस्था मिलाउने, यसरी सार्वजनिक गरिने सूचना स्वतः प्रकाशन वेबसाइटमा राख्ने र यस आयोगमा पनि जानकारी गराउनेलगायतको निर्देशन दिइएको आयोगका शाखा अधिकृत हीरा यादवले सो अवसरमा जानकारी दिए ।

बन्दाबन्दीको समयमा प्रत्यक्ष संलग्न निकायमा गई अनुगमन गर्न नसकिएको वर्तमान अवस्थामा आयोगले विभिन्न १२० निकायको वेव अनुगमन गरेको जनाएको छ । यस क्रममा १२० कार्यालयमध्ये ९१ कार्यालयले सूचना अधिकारी तोकेको तथा २९ कार्यालयले नतोकेको, ९१ कार्यालयले सूचना अधिकारीको सम्र्पक विवरण राखेको र २९ कार्यालयले नराखेको तथा स्वतः सूचना प्रकाशन गर्ने कार्यालय ३० र नगर्ने कार्यालय ९० वटा रहेको पाइएको आयोगले जनाएको छ । आयोगले चालू आवमा १४ वटा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको सो अवसरमा जानकारी गराइयो । कोरोना भाइरसको सङ्क्रमणका कारण समयमै योजनाअनुरुप कार्यक्रम गर्न नसकेको आयोगले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE