काठमाडौं । भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम लागू गरिरहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सरकारी स्तरबाट हुने भ्रष्टाचारसँगै नागरिक स्तरबाट समेत संस्थागत रुप लिएको जनाएको छ ।
टिआई नेपालले शुक्रबार आयोजना गरको ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार, नागरिक संस्थासंगको सामाजिक जवाफदेहिता औजार प्रयोग’ विषयक छलफल कार्यक्रममा भूकम्प अति प्रभावित १४ जिल्लामा गरिएको अनुगमनका क्रममा लाभग्राहीले अन्य स्थानमा बस्न योग्य घर छैन भनी अनुदान लिने धेरैको अन्यत्र पनि बसोवास भेटिएकाले नागरिक स्तरमा भ्रष्टाचार बढेको देखिएको जानकारी गराइएको छ ।
कार्यक्रममा टिआई नेपालका वरिष्ठ अधिकृत दीनानाथ भट्टराईले स्थानीय तह र नागरिक स्तरमा भ्रष्टाचार बढ्दै जाँदा नागरिक संस्था समेत कम गराउन सफल हुन नसकेको स्वीकार गरे। विद्यालय पुःननिर्माण गर्दा सुशासन ऐन अनुसार सूचना दिन ‘होर्डिङ बोर्ड’ राख्नुपर्ने, पुनःनिर्माण सम्पन्न भएपछि सामाजिक लेखापरीक्षण गर्नुपर्ने जस्ता कानूनी व्यवस्था पालना नहुँदा भ्रष्टाचार एवं अनियमितता बढेको उहाँले जानकारी दिए।
भूकम्पपछिको पुनःनिर्माणका क्रममा कानूनी सहायता प्रदान गर्दै आएको नागरिक संस्था राष्ट्र निर्माण मञ्चका अध्यक्ष निर्मल उप्रेतीले भूकम्प अति प्रभावित १४ जिल्लाका धेरै स्थानीय तह एवं वडामा नागरिक बडा पत्र नभेटिएको प्रसङ्ग उल्लेख गर्नुहुँदै यसका कारण पनि भूकम्प पीडितले सही सूचना पाउन नसकेको बताए। जसले निजी आवास पुनःनिर्माणमा प्रभाव परेको छ ।
पुनःनिर्माणमा स्थानीय तह र वडालाई बढी जिम्मेवार बनाउन खोजे पनि कर्मचारी अभाव लगायत कारण त्यो प्रभावकारी हुन नसकेको स्थलगत रुपमा अनुगमनका क्रममा देखिएको उहाँले उल्लेख गरे।
नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक तारा गुरुङ, टिआई नेपालका जिल्ला अधिकृत शारदा नेपाली, मञ्चका कोषाध्यक्ष जीवन पौडेल लगायतले पुनःनिर्माणमा संलग्न हुने केन्द्रदेखि स्थानीय तहसम्मका निकायले सदाचार कायम गराउन असफल देखिएको बताए।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि टिआई नेपालले अति प्रभावित दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, ओखलढुङ्गा, सिन्धुली र मकवानपुरमा जिल्ला सम्पर्क कार्यालय खोलेर जिल्ला अधिकृतमार्फत भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमअन्तर्गत नागरिक संस्थासंगको सहकार्यमा नागरिक अनुगमन गर्दै आएको छ ।
यो कार्यक्रममार्फत् भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा विसं २०७३ देखि सहकार्य हुँदै आएको हो । भूकम्पपछि सरकार, स्थानीय तह र अन्य साझेदारबाट भएका पुनःनिर्माण र पुनःस्थापनामा जवाफदेही, पारदर्शिता एवं गुणस्तर कायम गर्न सहकार्य गरी सहयोगी भूमिका निर्वाह भइरहेको टिआई नेपालले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: