काठमाडौं । साउन दोस्रो साता सकिनै लाग्दा एकाएक हल्ला फैलियो- ‘चउरमा कार्टुन, कार्टुनमा शिशु।’ केयर बालगृहले कपनस्थित एक चउरमा बेवारिसे शिशु भेटिएको दाबी गर्दै थियो।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - यतिबेलासम्म बालगृहकी सञ्चालक पुष्पा अधिकारीले दाता खोज्न थालिसकेकी थिइन्। तर, पासा पल्टियो।
दाता खोज्न गरिएको हल्लीखल्लीले शिशुकी आमाको मन पोल्यो। आफू स्वयम्ले जन्माएको सन्तानलाई अनाथ भनिरहँदा उनले सहन सकिनन्। अन्ततः ती महिला आफ्नो शिशु फिर्ता लिन केयर बालगृहकी सञ्चालक अधिकारी समक्ष पुगिन् र शिशुको अनुहार देखाएर पैसा कमाउने अधिकारीको योजना विफल भयो।
ती महिला लकडाउनको समयमा खाडी मुलुकबाट फर्किएकी थिइन्, पेटमा बच्चा बोकेर। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार ती महिना खाडी मुलुकमै बलात्कारमा परेकी थिइन्। नेपाल फर्किएपछि उनले उक्त शिशुलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जन्म दिइन्।
विदेशबाट फर्किएपछि जन्मिएको शिशुलाई ती महिलाले घर लग्न सकिनन्। किनकि घरमा उनका श्रीमान् छन्, छोराछोरी छन्। समाजको डरकै कारण ती महिलाले आफ्नो शिशुलाई बालगृहकी सञ्चालक अधिकारीको जिम्मा लगाएको एसएसपी ज्ञवालीले जानकारी दिए।
‘आफ्नो पेटमा बच्चा भएको कुरा ती महिलाले परिवारसँग लुकाएकी रहिछन्, नेपाल आएपछि बच्च जन्मिएछ, घरमा लग्न सकिनछिन त्यसपछि बालगृहमा राख्ने निर्णयमा पुगेकी रहिछन्’, उनले भने, ‘पालनपोषण गर्न भनेर दिएको आफ्नो बच्चालाई चउरमा भेटिएको भन्ने खालका समाचार आएपछि उनी शिशु माग्न बालगृहमा पुगेकी रहिछन्।’
सेवाको कर्ममा लागेको व्यक्तिले शिशुलाई देखाएर पैसा कमाउने कुरा नैतिक रूपमा सही नभएको एसएसपी ज्ञवालीले बताए। उनका अनुसार बालगृह सञ्चालक अधिकारीले उक्त शिशुलाई गैरकानुनी रूपमा हासिल गरेको भए कानुनी कारबाही अगाडि बढ्छ।
सेवाको नाममा धन्दा
यो घटना एउटा उदाहरण मात्र हो। नेपालमा बालबालिकाको अनुहार देखाएर पैसा कमाउने अहिलेदेखि चलेको होइन। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद् प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसाल नेपालमा सञ्चालित अधिकांश बालगृह पैसा कमाउने उद्देश्यले खोलिएको बताउँछन्।
‘सबै बालगृहलाई भन्दिनँ तर अधिकांश बालगृहले बालबालिकालाई देखाएर पैसा कमाउने तिर लागेका छन्, हामीले कारबाही गरेका सबै बालगृहले बालबालिकाको व्यापार नै गरेको देखिन्छ, बालगृहहरूमा कति पैसाको खेलो हुन्छ भन्ने कुरा अनुसन्धानको विषय हो’, उनी भन्छन्, ‘आमा बुवा जीवितै भएका बालबालिकालाई बालगृहमा राख्ने र दाताबाट पैसा ल्याउने प्रवृत्ति यो क्षेत्रमा देखिन्छ।’
राष्ट्रिय बालअघिकार परिषद्ले बर्सेनि यस्ता बालगृहलाई बन्द गरेर त्यहाँ रहेका बालबालिकालाई उद्धार गर्ने गरेको छ।
परिषद्ले बालगृहको अध्ययन अनुगमन गर्दा पोषण, लवाइखवाइ र शिक्षागरी मुख्य तीनवटा कुरालाई ध्यान दिन्छ। तर, यी तीवटा मुख्य आधारसमेत पूरा गर्न नसक्ने बालगृह राजधानीमै रहेको परिषद्का प्रमुख भुसाल बताउँछन्।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: