Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

सन्तानलाई संसार देखाउँदै गर्दा आफू ज्यान गुमाउँदै

जाजरकोट । महिना दिन नपुग्दै जाजरकोटमा तीन सुत्करी, च्याउ खाएर पाँच र पहिरोमा परी १४ जनाको मृत्यु भयो । उनीहरुको मृत्यु पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा नै भएको देखिन्छ । अधिकांशको मृत्यु स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा उपचारका लागि लैजाने क्रममा भएको देखिन्छ ।

वर्षायामको हिलो र भत्किएका बाटोमा असहजताको बीचमा ज्यान बचाउने अनेक जुक्ति निकाल्दा पनि उनीहरु मृत्युको मुखमा परेका हुन् । मानिसको जीवनमा जन्म हुँदा जती खुशियाली छाउँछ, उत्तिकै पीडा मृत्युमा हुन्छ । बच्चा जन्माएर परिवारमा खुशी दिने, बूढेसकालको सहारादेखि नयाँ सदस्यले कूल चलाउने महान सपना बोकेर प्रसव पीडाको बीचबाट जन्मिएको खुशी जुनीचाँदे गाउँपालिका–२ सिंहपुरी र बारेकोट गाउँपालिका–७ की २१ वर्षीया मनकुमारी परियारको ज्यान गयो ।

त्यस्तै आज कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको उपचार नै नपाएर ज्यान गएको छ । उनले जन्माएको छोराको स्वास्थ्य अवस्था राम्रो भए पनि आमाको ज्यान भने बचाउन सकिएन । दुई छोरीकी आमा छोराको आशमा तेस्रो पटक गर्भवती भएकी थिइन । त्यस्तै विषालु च्याउ खाँदा जुनीचाँदे गाउँपालिका स्याक्रीका पाँच जनाको ज्यान यसै साता गएको छ । उनीहरुको पनि समयमै उपचार नपाएर मृत्यु भएको छ । स्थानीय औषधि पसलमा उपचार गरेर दुई दिनपछि सुर्खेतस्थित प्रदेश अस्पतालमा हेलिकप्टरमार्फत ल्याउँदा उनीहरुको ज्यान गएको हो ।

अहिले अन्य दुई जनाको उपचार कार्य जारी रहेको छ । त्यस्तै कुशे गाउँपालिका–६ भार्म भिरबाट साउन ८ गते लडेर कुशे–४ ताँगाचौरका ५४ वर्षीय सार्की दमाईको मृत्यु भयो । सोही ठाउँका ४५ वर्षीय नैने दमाई गम्भीर घाइते भएपछि हेलिकप्टरबाट उद्धार गरी कोहलपुर मेडिकल कलेजमा उनको उपचार कार्य जारी छ । बारेकोट गाउँपालिका–४ र ६ मा पहिरोमा परी १४ जनाले ज्यान गुमाए । एक अझै बेपत्ता छन् । घाइतेको दुई दिनपछि मात्र उद्धार गरिएको थियो । मौसम खराब भएको भन्दै उद्धारमा ढिला भएको थियो ।

आज मात्र डोल्पामा रहेको मामाघर जान हिँडेकी बारेकोट गाउँपालिका–९ सक्लाकी २२ वर्षीया टीका बिसीलाई नलगाड नगरपालिका–५ गेडेनीमा ढुङ्गा लाग्दा घाइते भएकीे छिन् । घाइते बिसीलाई बारेकोट गाउँपालिकाको रु दुई लाख ७५ हजार सहयोगमा हेलिकप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ । पहुँचमा स्वास्थ्य संस्था नहुनु र जहाँ त्यही कानून मिचेर स्थापना गरिएका औषधि पसलको उपचारले मानिसको ज्यान नबच्दा मानवीय भारी क्षति भएको छ ।

घरमै सुत्केरी हुने, आपत् परे स्वास्थ्य संस्था आउँदा मृत्यु

नजिक स्वास्थ्य संस्था, सञ्चार र सडकको सहज पहुँच नभएको हाम्रोजस्तो जिल्लामा सुत्केरीको ज्यान बढी गएको देखिन्छ । गर्भजाँचदेखि सुत्केरीसम्म घरमै हुँदा अकालमै ज्यान जानेको सङ्ख्या बढेको हो । विगतकै जस्तो परम्परावादी उपचार विधि प्रयोग गर्दा उपचारमा खेलाची भई ज्यान जाने गरेको पाइन्छ । यसका लागि गाउँमा रहेका धामी र वैद्यी काम गर्ने महिलालाई स्वास्थ्यसम्बन्धी तालीम दिन जरुरी रहेको छ ।

औषधि बिक्री गर्न बसेका औषधि व्यापारी डाक्टर हुँदा उपचार पद्धति नेमिल्दा धेरैको अकालमै ज्यान जाने गरेको छ । स्वास्थ्य संस्थाभन्दा औषधि पसलको विश्वास मान्ने हाम्रो चेतनाका कारण धेरैको अकालमै ज्यान गएको छ । गाउँका स्वास्थ्य संस्थाले आफ्नो विश्वास आर्जनका लागि भारी मेहनत गर्नुपर्ने देखिन्छ ।

चनाखालाई हेलिकप्टर, कमजोर मृत्यु

जाजरकोटमा अहिलेसम्म उद्धार भएका सबै पहुँच र चनाखो व्यक्ति रहेका छन् । जसले नेता, कर्मचारी र प्रहरीको सजिलै पहुँचमा जान सक्छ, उसको मात्र ज्यान बचेको देखिन्छ । आफ्ना आवाज कसैसँग पुर्याउन नसक्ने सर्वसाधारणको अकालमै मृत्यु हुने गरेको जुनीचाँदे गाउँपालिका–४ का रेशम खड्काले बताए ।

‘जहाँ वर्षेनी च्याउ भनेर विष खाइन्छ’

घाँस काट्न जङ्गल गएको बेला कुशे गाउँपालिका–१ स्याक्री, जाजरकोटका टेकबहादुर चलाउनले मुढे च्याउ टिपेर ल्याए । साँझ तरकारीको रुपमा पकाएर खाए तर, उनको जीवनमा च्याउको मूल्य यति महँगो भयो कि, छोरा–छोरी र नातिनी गरी पाँच जनालाई गुमाउनुपर्यो । उनी आफैँ पनि अस्पतालको श्ययामा मृत्युसँग सङ्घर्ष गरिरहेका छन् ।

असार ९ गते राति टिपेर ल्याएको च्याउ खाँदा २३ वर्षीय छोरा ललित, छोरीहरु १६ वर्षीया औसरा र १३ वर्षीया धनसरा तथा नातिनीहरु ११ वर्षीया निरुता सिंह (भाइकी नातिनी) र दुई वर्षीया अञ्जनाको मृत्यु भयो । उनीसहित बुहारी कल्पना र भतिजी पशुपतिको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । “हेर्दै खाउँखाउँ लागेर वनबाट टिपेर ल्याएँ, त्यो त के को च्याउ हुनु, बिख पो रहेछ”, अस्पतालको बेडमा रहेका टेकबहादुरले भने, “राम्ररी नचिनेको चिज खाँदा अहिले यस्तो अवस्थामा पुग्नुपर्यो ।” अहिले उनी आइसियुमै रहेका छन् ।

५५ वर्षीय टेकबहादुर परिवारका मूली हुन् । श्रीमतीले पहिल्यैदेखि ज्वरो आएर बिरामी भएकीले च्याउ खाइनन् । कान्छो छोरा–बुहारी माइतीमा र जेठो छोरा घरबाहिर रहेकाले उनीहरु पनि च्याउ खानबाट जोगिए । घरमा रहेका टेकबहादुरसहित अन्य आठ सदस्यले भने च्याउ खाए । च्याउ खाएको भोलिपल्ट (शनिबार) बिहानैदेखि पेट दुख्ने, पैतलाको माथिल्लो भाग र आँखा सुन्निने तथा स्वास फेर्न अप्ठेरो हुनेजस्ता लक्षण देखिए । च्याउ खाएका सबैमा यस्ता लक्षण देखिएपछि टेकबहादुरलाई विषालु च्याउ रहेछ भन्ने लाग्यो ।

त्यसैले हतारहतार छिमेकीको सहयोगमा उनीहरु गाउँकै बाटुलेचौरस्थित मेडिकलमा पुगे । उपचारको क्रममै आइतबार दुई वर्षीया नातिनी अञ्जनाको मृत्यु भयो । अन्यको अवस्था पनि गम्भीर बन्दै गएपछि सोमबार गाउँपालिकाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमा सात जनालाई सुर्खेत ल्याइयो । तैपनि सबैको ज्यान जोगिएन । सोमबार राति छोरी औसरा, मङ्गलबार दिउँसो छोरी धनसरा तथा नातिनी निरुता र शनिबार बिहान छोरा ललितको मुत्यु भयो ।

विषालु च्याउ खाएर मृत्यु हुने पाँच

अहिले अस्पतालमा टेकबहादुरसहित ३३ वर्षीया बुहारी कल्पना र १५ वर्षीया भतिजी पशुपति उपचाररत छन् । अस्पतालका अनुसार उनीहरुको अवस्था पनि अस्थिर छ । अस्पतालका मेडिकल विभाग प्रमुख डा केएन पौडेलले बिरामीलाई बेलाबेलामा बेस्सरी च्याप्ने गरेको र कतिबेला के हुने हो भन्नै नसकिने बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy