मुग्लिन । इच्छाकामना गाउँपालिकाले कोरोना रोकथामका लागि गाउँपालिकाभित्र सञ्चालित व्यवसायहरुमा कडाइका साथ निगरानी गर्ने भएको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको अध्यक्षतामा बिहीबार बसेको कोरोना नियन्त्रण समितिको बैठकले गाउँपालिकाभित्र रहेका होटल, सवारी साधन, तरकारी सङ्कलन केन्द्र (बजार) तथा अन्य सञ्चालित व्यवसायले कोरोनाबाट जोगिन आवश्यक सुरक्षाका मापदण्ड लागू गरेको छ÷छैन भनी निगरानी राख्ने निर्णय गरेको छ ।
विशेष गरेर राजमार्ग क्षेत्रका होटलमा सामाजिक दूरी कायम गरेको छ कि छैन रु मास्क र स्यानिटाइजर प्रयोग गरेको छ कि छैन रु लगायतका विषयमा समितिले निगरानी राख्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए । काठमाडौँ भित्रिने मुख्य राजमार्गमा रहेका मुग्लिन, कुरिनटार, लेवाटार, चुम्लिङलगायतका बजार इच्छाकामना गाउँपालिकाभित्र पर्दछ । यी क्षेत्रमा राजधानी भित्रिने र बाहिरिने यात्रुका लागि सञ्चालित होटल बन्दाबन्दी खुलेसँगै सञ्चालनमा आएका कारण कोरोना सङ्क्रमणको उच्च जोखिम रहने उनको भनाइ छ । उनले भने, “विशेषगरी राजमार्ग क्षेत्रका होटल बन्दादन्दी खुलेसँगै सञ्चालनमा आएका छन्, तीन होटलमा सुरक्षाका उपाय अपनाएको छ कि छैन हामी निगरानी गर्नेछौँ ।”
बैठकको निर्णयानुसार अनिवार्य मास्क प्रयोग गरेर मात्र बाहिरी जिल्ला तथा अन्य पालिकाबाट गाउँपालिका प्रवेश गर्न पाइने छ । साथै उनले लकडाउन अवधिभर बन्द रहेका होटल व्यवसायीलाई घरभाडा छुट दिनका लागि उद्योग वाणिज्य सङ्घ तथा होटल व्यवसायी सङ्घको समन्वयमा घरधनीलाई आग्रह गर्ने निर्णय गरिएको पनि बताए । यातायात सञ्चलानका लागि चालक तथा यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र भीड नहुने गरी यात्रु बोक्न पाइने छैन ।
गाउँपालिकाभित्रका तरकारी उपज सङ्कलन केन्द्रहरुमा कोरोनाबाट जोगिनका लागि आवश्यक सुरक्षाका उपाय लागू गराउन समितिसमेत गठन गरेको छ । कृषि शाखा प्रमुख आनन्द घिमिरेको संयोजकत्वमा किसान, सहकारी सञ्चालक स्थानीय व्यपारी र स्थानीय सम्मिलित समिति गठन गरेको हो । साथै गाउँपालिका कार्यालयमा अतिआवश्यकबाहेकका सेवा एक बारमा एक वडालाई मात्र दिइने निर्णय गरिएको उनले बताए ।
अहिलेसम्म विदेश तथा बाहिरी जिल्लाबाट आएकालाई क्वारेन्टिनमा राखिएको र उनीहरु सबैको पिसिआर नेगेटिभ आएको उनले बताए । हालसम्म सुरक्षित रहेको गाउँपालिकामा कोरोना भित्रिन नदिन प्रत्येक वडामा जनप्रतिनिधि, टोल सुधार समिति, स्वाथ्य संस्थाका प्रतिनिधि, सुरक्षा निकायलगायत समेटिएर समिति गठन गरी काम गरिरहेको उनले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: