काठमाडौं । युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ । तर, यही उमेर समूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ । दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ । नेपालमा कोरोना संक्रमणको ६ महिना अवधिमा उमेरका हिसाबले सबै समूहमा संक्रमित देखिएका छन् ।
चीनमा अध्ययन गरी फर्किएका युवामा गत माघ ९ गते पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।
१५ हजार ८ सय १४ जना निको भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६ हजार ३ सय ३० जना आइसोलेसनमा छन् । ६६ जना आईसीयूमा छन् । यीमध्ये ३ जना भेन्टिलेटरमा छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीमध्ये बहुसंख्यक ७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेर समूहका छन् । ६० भन्दा माथिको उमेर समूहका संक्रमितको संख्या २.१ प्रतिशत छ । १० वर्षमुनिका बालबालिकाको संक्रमण ४ प्रतिशत छ ।
६० वर्षमुनिका व्यक्ति बढी संक्रमित भएको जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारीको भनाइ छ । ‘यो उमेरका व्यक्तिहरू धेरै चलायमान हुन्छन् ।
मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले घरमा बसिरहन नरुचाउने भएकाले युवा बढी संक्रमित हुन पुगेको बताए । क्वारेन्टाइनमा बसेका र बाहिर डुलिहिंड्ने युवामा संक्रमणको दर हेर्नुपर्ने उनको भनाइ छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: